अधुरो थियो आकाश मेरो धर्ति अधुरो
अपूर्ण थिएँ मानिस मेरो कहानी अपुरो
ताराले थियो झिली र मिलि जुनले सुहायो
मायाको थियो कोपिला मन उनले फुलायो
धक धक गर्ने मुटुले मेरो धड्किन जानेछ
जहिले देखि मुटुले आफ्नो तिमीलाई ठानेछ
आएर जीवन सिंगार्ने मेरो रश्मी तिमी हौ
भएर रंग खुशीको रंग्ने रश्मी तिमी हौ
अपूर्ण थिएँ मानिस मेरो कहानी अपुरो
ताराले थियो झिली र मिलि जुनले सुहायो
मायाको थियो कोपिला मन उनले फुलायो
धक धक गर्ने मुटुले मेरो धड्किन जानेछ
जहिले देखि मुटुले आफ्नो तिमीलाई ठानेछ
आएर जीवन सिंगार्ने मेरो रश्मी तिमी हौ
भएर रंग खुशीको रंग्ने रश्मी तिमी हौ
No comments:
Post a Comment