Sunday, November 15, 2015

..........

अन्धकार घनघोर भो , जाग अब भोर भो
तन्द्राले गति लिदैछ , भाग्यले मति फेर्दैछ
प्रचूर छ हेर बेदना , सुत्दैछ हेर चेतना
बादल कालो रंगको , कालो नै छ बर्सेको
भिजेर हेर नित्रुकै , थर थरि छ काँपेको
निस्लोट जरो चर्केर , आगो नै छ दन्केको
सैयापो हो कि मृत्युको , श्वांस नै छ अड्केको
ताण्डव गर्छन् भावना , भष्म सरि भो चेतना

चैतन्य भै प्रकाश , उज्यालो बन्ने चाहना
जलाई आफ्ना स्वार्थलाई , दियो बन्ने चाहना