Friday, October 4, 2013

" बन्द गर्दिए भो "

आज मैले खान पाइन
बन्द गर्दिए भो
हिजो उसले सुत्न पाएन
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

कुकुरलाई -यबिज भयो
बन्द गर्दिए भो
छोरोलाई झाडा लाग्यो
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

मेरो भैंसी ब्याएन
बन्द गर्दिए भो
छोरीले खाना खाइन
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

मैले टिकट पाइन
बन्द गर्दिए भो
उसले सत्ता पायो
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

कसैलाई तर्साउनु छ
बन्द गर्दिए भो
हिजो आज सजिलो छ
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

हाम्रो भाषा हाम्रो देश
प्राण भन्दा प्यारो छ
नपाउनेलाई अमृत जस्तो
पाउनेलाई घाँदो छ
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

Wednesday, October 2, 2013

पाकेको फल

" खोलेर झ्याल बाहिर हेर्दा रमाइलो देखियो , चरीले दियो प्रेरणा यस्तो कविता लेखियो "




पाकेको फल खोज्दछ चरी

चुच्चाले ठुँगेर

हाँगा मा हाँगा घुम्दछ चरी

बगैंचा डुलेर

पाए ता खान्छ क्या मिठो गरी

रसैमा भुलेर

म पनि चाख्छु त्यो रसभरी

कविता गुनेर