Sunday, October 26, 2014

" पागल हाँसेको "

न घाम चर्को छ
न धुलो फुटपाथको
खुशिले हो कि के हो
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

न प्यास पानिको
तृप्त त्यसै कण्ठ छ
न भोक रोटीको
भोक नै बिर्साई
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

सध्य हामि भैकन
दु:ख हर इक्ष्याको
सुखलाई चिन्दैनौं ,
दुखहरू बिर्साई
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

अहा ! क्या राम्रो
मोति झैं गाँसेको
हेर बत्तिसी देखाई
त्यो पागल हाँसेको 

Tuesday, September 9, 2014

.........

म स्वतन्त्र छु आजाद
तर मलाई केले बाँधेको छ
विचार उड्छन् मेरा
म तर बन्धनमा
खुला छन् सोचहरु
गाँठो तर केहि छ
फुत्काई भागूँ कि कतै
म रोक्दछु स्वयम
निस्ठुरी विचार मेरा
जीवन "एक" वोध भया
यसै गरी गह भरी
छ्ल्काई मोह सारा
पछ्याई जिन्दगि
जीवन निरश भो
कहिले यी त्याग मेरा
सार्थक हुने हो 

Tuesday, July 29, 2014

" आरुको बोट "

मेरो पुरानो घर , त्यो घरको बारीमा दुइटा आरुको बोट / बारी त्यहि ,माटो त्यहि तर.……
आरु लटरम्म फ़ल्दथे , दुबै अडिग झैं देखिन्थे / हिउँद , मास , वर्खा एकैनास तर.…….
तर अचम्म कस्तो , उदेग लाग्दो / एउटा ता मिठो आरु रुखको , आर्को चैं किन फितलो ?
सम्झेर अझै पनि पर्छु सोचमा , तर कता कता जिवन बुझें झैं लाग्छ / कुनै सिख थियो स्वादमा शायद /
त्यहि माटोले जन्मायो , हुर्कायो पनि / गरेन हेला नमिठो भनी / एकनास माया पाएर बोट , ती दुवै रुख आरुका फुल्थे, तर………
तर अचम्म कस्तो , उदेग लाग्दो / एउटा ता मिठो आरु रुखको , आर्को चैं किन फितलो ?
सम्झेर अझै पनि पर्छु सोचमा , तर कता कता जिवन बुझें झैं लाग्छ / कुनै सिख थियो स्वादमा शायद ………

Sunday, June 15, 2014

" हराएको मान्छे "

लिई जन्म मर्त्यलोकमा
शोकमा कलियुगको
चिम्ली आँखा अन्धो पनमा
भ्रममा अन्धकारको
कालो अँध्यारो दिशा भ्रमित
सुम्सुम्याउँदै कठोर कठै
डगमग डगमग पाइलाहरु
न पथको न गन्तब्यको
लौरो खोज्छ बाटो
आँखा न लौरोको
रुमलिंदै बरा
अड्कली हिंडेको मान्छे
जहाँ थाल्छ त्यहीं तुङिगन्छ
हराएको मान्छे

दर्पण दर्शन अनभिज्ञ
अन्जान आफै चकित
नियाली केलाई सर्वाङ्ग
आफैमा बिलाएको मान्छे
बतासमा कपास सरी
हराएको मान्छे

चिलाइ कन्ह्याई कोट्याउँछ
सलबल बग्छ भेल
चाह्र्याई पोल्छ जल्छ
बगेर सेलाउँछ
धरधरी झरि सरि
स्वर क्रन्दन रुन्चे
हिलोमा लतपत भई
हराएको मान्छे
    

Saturday, March 15, 2014

.....

I sing and I shout
All alone so loud
I dance like crazy
Even madness would doubt
I do the things
I never would do
My mirror is happy
And I am too
It smiles at me
As I would do
Crossing my hands
I hold the arms
Close my eyes and
Feel your charm
Its hard to conceal
Its hard to show
Can't kill the feelings
They only grow
In your smile
I see the magic
In your eyes
I see the glow
Both cast the spell
Your smile and eyes
They strike me once
But kill me twice

Saturday, March 1, 2014

"म जिन्दगी प्युंदैछु "


निरश कठोर छ तर
तिमी बिना खोक्रो सबै खोक्रो
साँस चलिरहेछ केवल
नशा भित्र याद बगिरहेछ
त्येसैले - म जिउँदै छु
म जिन्दगी प्युंदैछु

विवश निराश छु तर
एकान्त न्यास्रो सारै न्यास्रो
ढुकढुकी चलिरहेछ केवल
सपना नै सहारा बनिरहेछ
त्येसैले - म जिउँदै छु
म जिन्दगी प्युंदैछु

Saturday, February 15, 2014

.......

सुकेको खोला लुकेको होला
उर्लेर कुनैदिन
बगेर आउला बुझाई देला
तृष्णा यो एकदिन
वनको कोइली मनमा बसी
गाउँछ मधूर
मायाको धुन पिरती बनी
गुञ्जिन्छ हजूर
पहाड माथि हिमाल हाँसी
खुलेको आकाश
मायाको दियो अँध्यारो चिरी
झुल्किन्छ प्रकाश
                       
                         सानी, कठोर छ प्रवास 

Thursday, February 13, 2014

"अर्थ"

तिमि मेरो - म तिम्रो
एक अर्काको अर्थ बनेको छ
जिवनको पूरक हाम्रो माया
यो श्वाँस तसर्थ चलेको छ
हावालाई सोध बादललाई सोध
हाम्रै प्रसंग चलेको छ
अगाध माया देखेर साह्रै
सबै दंग परेको छ
हृदय आफै गदगद भई
मुस्काउँछ एक्लै पनि
वर्षातमा मयूर सरि
नाच्दछ पंख फैल्याई
केवल आभाष मात्र पनि
मायाको! जादू जसै हुन्छ
सुनसान अनि कोलाहल
जता ततै तिमीलाई सुन्छ
लठ्याउँछन् नज़र बोलाउँछन्
तस्विर पनि बोल्दछन्
हराउँछु म बिलाउँछु
साथमा तिम्रो पुग्दछु  

Saturday, February 8, 2014

------

देश विराना अब मेरा हुआ अपना पराया
मिट्टिका है इंसान मैं किस मिट्टिका
रेत का हूँ फिसलता हूँ सम्हालता हूँ
पानी का हूँ धार मेरा न कोई मझधार
कोरा कागज़ सा दिखता मगर कहानी गहरी
बाजारों मैं बिकती सस्ती सी है दिखती
किताब-ए जिंदगी सबकी एक सी है 

Friday, January 31, 2014

.........

काठको किरा काठमा बस्छ , काठ नै चपाउँछ
मनको किरा मनमा बस्छ , जिन्दगी सडाउँछ  /

ढुंगाको राशन , माटोको गाँस , भोकले के  चिन्छ
नजर खोली मनले हेरे दुनिया देखिन्छ //

किर्किर गर्ने जंगली किरा , जङ्गल सुरिलो
कलकल बगी तिर्खा नै मेट्ने ,  अमृत सरि भो ///

पखेटा खोली आकाशे चरी बादल दुलाउँछ
चखेवा जोडि दुरीमा हैन साथमा सुहाउँछ ////