Monday, March 28, 2016

भनिन्छ प्रेममा सबै ऋतु बसन्त हुन्छन् तर म किन ओइलाउँदैछु  

...........

फूललाई पानिको जसै
आँखालाई नानीको जसै
मलाई पनि त्यसै
तिम्रो बानि बसेको छ

न हाँस्न सक्छु न त रुन नै
छटपटी यो कस्तो
जल्दछ छाती पोल्दछ
हर पल मन डढेको छ 

Sunday, March 27, 2016

"खबर"

मलाइ खबर बनाइदेउ
पढ्लान् सबैले ,
बुझ्लान् कसैले, कसैले आफ्नै अर्थ लगाउलान्
खबर न हो, खबरको के खबर

मुछ्लान्  जुठोमा, कसैले रद्दिमा जोख्लान
स्वादिलो कसैलाई तितो कसैलाई
आफ्नै स्वादले चपाउलान्
खबर न हो, खबरको के खबर

Thursday, March 24, 2016

.....

कहिले गणतन्त्रको नाममा कहिले राजतन्त्रको नाममा हतियार उठाउन जोश देखाउने नेपाली युवाहरु, संगालेर राख ति जोश हरुलाई / तिनै जोशका साथ बरु राष्ट्र निर्माणकालागी गैंती र बेल्चा उठाए कस्तो होला /