Tuesday, July 14, 2015

" बिहानी "

चराहरु चिरिबिरी
रोमान्चित पाखा पखेरा
खोलेर मुठ्ठी पातहरु
शितका मोती थाप्दैछन्
चिरेर रातको अँध्यारो
टल्काउँछ मोती किरण
यो भव्यताको आभाष
बिहानी उपहार ल्याउँदै
मुस्कान यत्र तत्र
लम्पटहरु जगाउँदै
अहोरात्र सुतेका निन्द्राहरु
जाग्दैछन् बेर अबेर
मन्द मन्द मुस्कानमा
परिणत खुम्चिएका ललाटहरु  
खहरे सुसाउन थाल्दैछ
हेर बिहानी आउँदैछ