Monday, November 29, 2010

मन तुने आज भी न सुना मेरा केहना/ खुदसे ही करके बैर , रूठा है तू खुदसे क्यूँ ? तकलीफें सारि क्या फिर न आएंगी ? क्यूँ लड़ने का मन्त्र नही है पढता ? आज तू खुदको बुलंद करले , कल तू ही दुनिया बन पाएगा / जितले तू खुदको अभी , वरना बेचारा ही कहलाएगा /

Tuesday, November 23, 2010

जे छ जस्तो त्यस्तै रहन्छ

ऋतू हजारौं बदलिन्छ्न
बैशाख लाग्दा हुन्छ सुरु
अन्त्य पतझड़ नांगो रुख
कसले पो के लिएर जान्छ
जे छ जस्तो त्यस्तै रहन्छ

हर्ष गर्नु स्वभाविक छ
नौलो बिहानी झुल्किदा
रून आँशु तयार हुन्छ
अंधकार त पक्कै छाउँछ
जे छ जस्तो त्यस्तै रहन्छ

धागो जल्छ त्यो बल्दैन
त्यसले के उज्यालो छर्छ
तेल संगाली दियो बाल्नू
कालो कहाँ नै रहन्छ
जे छ जस्तो त्यस्तै रहन्छ

Friday, November 19, 2010

अल्छि ! म

मेरो अल्छिपनको सिमाना नै छैन
लाग्छ गरेर खाने जमाना नै छैन
निष्क्रिये प्राय भएको छ शरीर
ढुंगाको देउता बसने यो मंदिर !

तथास्तु भन्न हात के उचाल्नु ?
टिको लाउन निधार पनि थाप्दैन
कुहिएर जालान नैबेद्धहरू
खानलाई मुख पनि खोल्दैन !

मैले लेख्या हैन यो कविता
यो त मसि र कागजको कारण हो
दिमाग पनि लगाउँदिन म त
यो घोर अल्छ्याईँको उदाहरण हो !

Thursday, November 4, 2010

तिहार

बल्दछं दियो झिलिमिली
मनै रमाउने अहा !
स्वर्ग भन्नु यहिं नै हो
अंत खोज्नु कहाँ
बालेर दियो हर्षको
संकल्प साधना गरौं
सँधै होस तिहार यस्तो
मिलेर प्रार्थना गरौं