Monday, December 21, 2009

अज्ञानी मृगहरू

घास पात खाई , रमाई घुम्थे वनमा
उफ्री उफ्रिकन फेरि , ख़ुशी हुन्थे मनमा

के भयो चपलतालाई , जंगली तांडव गर्न थाले
भत्काईकन आफ्नै घरलाई, मृगहरू किन छाडा भए ?

सोझा भनी इनलाई चिन्थे , सायेद अब हरामी भए
शांतिका दूत इनलाई भन्थे , पर्यायेवाची अशांतिका भए

बुद्धि कहाँ विलायो ?, मृगहरू अज्ञानी भए
कस्को कर्म चिलायो !, मृगहरू अज्ञानी भए

मंद बुद्धिका मृगहरू , हत्यारा बाघ बन्दैछ्न
बंद छुरिका धारहरू , आफंतकै लाश गन्दैछ्न

ऐना ल्याएर देखाऊ , यी नामर्द बाघहरुलाई
ज्ञानको बाटो देखाऊ , यी अज्ञानी मृगहरुलाई

Tuesday, December 8, 2009

रगत बोल्दछ

खोलामा विष बगेर, मुहान सुकी जान्छन् 
रातको जून हटेर, चर्को घाम बन्छन् 
तिर्खाले कंठ सुक्दछ, अनि रगत बोल्दछ /

रुखमै फल कुहेर, जंगल ढली जान्छन् 
खेतहरू जलेर, अन्न श्राप बन्छ्न् 
भोकले आन्द्रा सुक्दछ, अनि रगत बोल्दछ //

घरहरू भत्केर, मशानघात बन्छन् 
छानोहरू चुहेर, भित्ता जब ढल्छन् 
आँशुले शिरानी भिज्दछ, अनि रगत बोल्दछ ///

झुत्रो वश्त्र बनेर, पटक पटक टालिन्छन् 
अर्ध नग्न भएर, हर शितमा कांप्दछन् 
जाडोले जब पोल्दछ, अनि रगत बोल्दछ ////