Wednesday, March 25, 2015

.........

घोर गरिकन कन्जुसाई केनै मायामा बच्दछ
माया नै अमुल्य धन हो , माया दिएरै माया कमाइन्छ
हलो जोतिकाना घाँस रोपे घाँस नै पो उम्रंछ
माया नै अतुल्य बिज हो, माया सिन्चेरै माया उम्रिन्छ 

Tuesday, March 24, 2015

"म मान्छे भएर होला"


म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु / म चिन्ता गर्दछु , म चिन्तन पनि / कोलाहल कहिले आफैमा बिथोलिंछु , कहिले आफैमा सम्हालिंछु / कहिले जीवन ब्यर्थ झैं लाग्छ , कहिले ब्यर्थै जीवनलाई दोष दिन्छु झैं लाग्छ / चारैतिर हेर्दा नियाली गन्तब्य पुग्ने होडबाजी देख्छु / खुशी बाँड्ने मुस्कानहरु अनि जोरी खोज्ने मुक्काहरु , सबै भेटिन्छन यहाँ सबै देखिन्छन / निरास कुनै अनुहारहरु , प्रसन्न कति मुहारहरु , थरि थरिका सोचहरु , मान्छे थरि थरिका / म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु /