Thursday, December 26, 2019

.....................

डढेर खरानी बनूँला
म आगोमा स्वार्थको
राम राम म कल्पनामा
म रावण यथार्थको

मानव म हाड छालाको
दैव संज्ञा नदेउ
तुच्छ मेरो ज्ञान छ
अनन्त संख्या नदेउ

विराट रुपमा देखूँला
देखूँला भयंकर कतै
कि दानव कि मानव
देखूँला नज़र जसै