Friday, December 17, 2010

गुँडको माया

उडेर चरी जहाँ गएपनी गुँड मै फर्कन्छ,
गुँडको माया मारेर टाढा कति नै रहन्छ

Monday, December 13, 2010

चाहना मेरो छ कति मधूर.....

चाहना मेरो छ कति मधूर ,मुटु नै मिठ्याउने
फूलको थुंगा टिपेर तिम्रो ,चुल्ठोमा सजाउने

परी पो हौ कि पिरती तिमी,दिलकी रानी हौ
हिरा र मोति जडेकी तिमी,मायाकी खानी हौ

लाग्छ है डर संभाली पाइला, गनेर चाल्दछु
तिमीलाई भनी साँचेको माया ,मनमा पाल्दछु

Saturday, December 11, 2010

मानिस ! तेरो के भर भो

दुश्मन तेरो तँ आफै बन्छ्स, तँलाई के डर भो
आफैलाई धोका दिएर हिंद्छ्स , तेरो के भर भो
मानिस ! तेरो के भर भो