Saturday, November 17, 2012

मायाकी खानी

मायाकी खानी दिलकी रानी अमिर मनकी
सुनका केश चाँदीको बदन स्वभाव जानकी

तिम्रो म देख्छु सपना सँधै पुर्णिमा रातमा
खोलेर आँखा तिमीलाई देख्छु मायाको मातमा

मृगको तृष्णा जस्तै यो मनमा माया छ अपार
पिरती बिना मै मरी जान्छु छ्लमा नपार

आशा छ मेरो तिमीलाई पाई जीवन धन्य होस्
कतिमा राम्रो सुन्दर जोडि सबैले भन्ने होस् 

Monday, November 12, 2012

"म बुद्ध होइन"

मेरो ज्ञान प्रवल छैन , मेरो साधना गर्ने क्षमता छैन / अन्यौलमा भौतारिने म एउटा मर्त्येलोक को वाशी हूँ /अज्ञानी हैन तर , म ज्ञानी पनि होइन / चिन्ता सारा जगतको बोकी काँधमा लम्किने , सुख सयल विलाश त्यागी सबैको ख़ुशी खोज्ने / सक्दिन म गर्न त्यस्तो किनकी म सामान्य मनुष्य हूँ , "म बुद्ध होइन"/
मानिसहरुमा गनिन्छ , मलाई मनुष्य भनिन्छ / घास पात खान्छु , म जंतु पनी सेवन गर्छु / अहिन्शा मलाई नि प्यारो छ , तर हिंशा म रोक्न सक्दिन किनकी म साधारन मनुष्य हूँ , "म बुद्ध होइन"..............

Wednesday, September 19, 2012

तरल मुटु

 हड्डी छैन भाँचीदैन , बगेर नै जता तता
सल्बलाउँदै भावनाहरु , किनार को छ खोजिमा
उर्लिएर छाँगोमा , कहिले अल्झी भुमरिमा
तरल मुटु तरल छ , बगेर नै जता तता

Monday, August 6, 2012

"डगमगाएका पाइलाहरु"

चिन्दैनन् आफैलाई
ऐनामा पराइ देख्छन्
लुकी आफैसंग  कति
भाग्छन् आफैबाट  टाढा
एकान्तमा रुमलिने
भिडमा झस्कि सदा
बाटो नै बिराए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु 

चुपचाप छ, निशब्द !
टोलाई भित्ता कोर्छ
अबोल शब्द सारा
मनको चित्र बुन्छ
शुन्यता कोलाहल सरि
गुन्जिंछ मानशपटलमा
तर्सिएर लाटो भए सरि
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

डर आफैसंग
भय यो कस्तो
विषालु सोच लाग्छ
आफैलाई डस्ला कि
हृदयलाई थुनेर
भाग्दै र बच्दै
दिशाभ्रममा विलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

भट्भटी पोल्छ
न हाँस्छ न बोल्छ
रसाउँदैनन् आँखा
भावहरु जलेर
दन्दनी बल्छ
खरानी बन्छ
डढेर सेलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु
                
       
       
                

Thursday, April 26, 2012

दुखाई मेरो

टाउको र खुट्टा दुखेको आज तिन महिना बिती गो 
दुखाई मेरो बढ़ी नै रा छ कहिले ठीक हुने हो
डाक्टर भन्छ तंलाई खासै केही नि भा छैन 
कति दिन भयो रातमा निंद्रा मलाई ला छैन 
दुखेर उठ्छु ठुचुक्क बस्छु बस्न नि सक्दिन 
चिम्लेर आँखा पल्तिन खोज्छु सुत्न चाहिं सक्दिन 
दुखाई मेरो हरेर लैजाऊ भगवान! पुकार्छु
पुग्दैन भने त्यतिले भन लड्डू नि चढ़ाउंछु
                         प्रभू ! भोग पनि लगाउंछु 

Friday, January 20, 2012

मैं पंछी

उडती फिरती पंछी
आजाद कितनी
मैं कैदी अपने मनका
खुद से हूँ बंधा
खुलेगी कभी कड़ियाँ
उड़ने मैं लगूंगा
अरमानों का पंख फैलाए
सदा यूँ न रहूँगा
मैं पंछी हूँ
मैं भी उड़ने लगूंगा