Sunday, June 15, 2014

" हराएको मान्छे "

लिई जन्म मर्त्यलोकमा
शोकमा कलियुगको
चिम्ली आँखा अन्धो पनमा
भ्रममा अन्धकारको
कालो अँध्यारो दिशा भ्रमित
सुम्सुम्याउँदै कठोर कठै
डगमग डगमग पाइलाहरु
न पथको न गन्तब्यको
लौरो खोज्छ बाटो
आँखा न लौरोको
रुमलिंदै बरा
अड्कली हिंडेको मान्छे
जहाँ थाल्छ त्यहीं तुङिगन्छ
हराएको मान्छे

दर्पण दर्शन अनभिज्ञ
अन्जान आफै चकित
नियाली केलाई सर्वाङ्ग
आफैमा बिलाएको मान्छे
बतासमा कपास सरी
हराएको मान्छे

चिलाइ कन्ह्याई कोट्याउँछ
सलबल बग्छ भेल
चाह्र्याई पोल्छ जल्छ
बगेर सेलाउँछ
धरधरी झरि सरि
स्वर क्रन्दन रुन्चे
हिलोमा लतपत भई
हराएको मान्छे