Saturday, November 17, 2012

मायाकी खानी

मायाकी खानी दिलकी रानी अमिर मनकी
सुनका केश चाँदीको बदन स्वभाव जानकी

तिम्रो म देख्छु सपना सँधै पुर्णिमा रातमा
खोलेर आँखा तिमीलाई देख्छु मायाको मातमा

मृगको तृष्णा जस्तै यो मनमा माया छ अपार
पिरती बिना मै मरी जान्छु छ्लमा नपार

आशा छ मेरो तिमीलाई पाई जीवन धन्य होस्
कतिमा राम्रो सुन्दर जोडि सबैले भन्ने होस् 

Monday, November 12, 2012

"म बुद्ध होइन"

मेरो ज्ञान प्रवल छैन , मेरो साधना गर्ने क्षमता छैन / अन्यौलमा भौतारिने म एउटा मर्त्येलोक को वाशी हूँ /अज्ञानी हैन तर , म ज्ञानी पनि होइन / चिन्ता सारा जगतको बोकी काँधमा लम्किने , सुख सयल विलाश त्यागी सबैको ख़ुशी खोज्ने / सक्दिन म गर्न त्यस्तो किनकी म सामान्य मनुष्य हूँ , "म बुद्ध होइन"/
मानिसहरुमा गनिन्छ , मलाई मनुष्य भनिन्छ / घास पात खान्छु , म जंतु पनी सेवन गर्छु / अहिन्शा मलाई नि प्यारो छ , तर हिंशा म रोक्न सक्दिन किनकी म साधारन मनुष्य हूँ , "म बुद्ध होइन"..............