Tuesday, January 20, 2015

.................

म प्रश्न हूँ म उत्तर आफै
म धर्ति हूँ म आकाश आफै
म औंला उठाउँछु
मुस्काई जवाफ बन्दछु
बादल हूँ म बर्सन्छु
म धर्ति हूँ म बग्दछु
खोला छ प्रवृत्ती मेरो
निरन्तर भेल बन्दछु
सोच हो कि सागर यो
अनन्त सम्म म जम्दछु
धुलो हूँ कि जो उडदछु
गगन चुमेर फर्कन्छु
अस्तित्व बुझ्ने कोशिश
म आफैलाई पढ़दछु
छायाँ सरी निरन्तर
म घट्दछु म बढदछु