Tuesday, December 17, 2013

......

खोज्दैछन् सार संसार बिच
हृदय नियाली हेर्दैन निज
जो ज्ञान ज्योती गरी उजागर
हेरे ति देख्छन् भित्रै संसार

अज्ञानी मूर्ख हूँ मै पनि
व्यर्थै घमण्ड गर्छु तै पनि
मनुष्य नश्वर भई जिवित
कंगाल धन गरी संचित

उदार हात खोलिकन
मुठ्ठिको द्वन्द परित्याग
दान दया गरी सदा
मानव दैव सरि भया 

Friday, October 4, 2013

" बन्द गर्दिए भो "

आज मैले खान पाइन
बन्द गर्दिए भो
हिजो उसले सुत्न पाएन
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

कुकुरलाई -यबिज भयो
बन्द गर्दिए भो
छोरोलाई झाडा लाग्यो
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

मेरो भैंसी ब्याएन
बन्द गर्दिए भो
छोरीले खाना खाइन
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

मैले टिकट पाइन
बन्द गर्दिए भो
उसले सत्ता पायो
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

कसैलाई तर्साउनु छ
बन्द गर्दिए भो
हिजो आज सजिलो छ
बन्द गर्दिए भो
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

हाम्रो भाषा हाम्रो देश
प्राण भन्दा प्यारो छ
नपाउनेलाई अमृत जस्तो
पाउनेलाई घाँदो छ
कति सजिलो बन्द गर्न
लठ्ठी र ढुंगा बोकी
जनता तर्साए भो !

Wednesday, October 2, 2013

पाकेको फल

" खोलेर झ्याल बाहिर हेर्दा रमाइलो देखियो , चरीले दियो प्रेरणा यस्तो कविता लेखियो "




पाकेको फल खोज्दछ चरी

चुच्चाले ठुँगेर

हाँगा मा हाँगा घुम्दछ चरी

बगैंचा डुलेर

पाए ता खान्छ क्या मिठो गरी

रसैमा भुलेर

म पनि चाख्छु त्यो रसभरी

कविता गुनेर

Friday, July 12, 2013

"उडान"

फैल्याई पखेटा आँट्दछु
उड्नलाइ गगन ताक्दछु
फर्फराई हावामा बिलाउँछु
मन र गगन मिलाउँछु
धमिलो हुन्छ घाम जब
मधूरो लाग्छ साँझ जब
वर्षातले मौसम रुझेको बेला
ताराले आकाश सजेको बेला
हावामा हुन्छन् प्रेमीहरु
रहर हुन्छ मलाई पनि
फैलाई पखेटा उड्छु अनि

Sunday, June 9, 2013

"झरी"

आज झरीले के भन्छ , प्रेमको बर्खामा रुझौं भन्छ / म नबर्शी कहाँ मान्छु र , म पनि त बादल हूँ , शायद पागल हूँ / 

Friday, May 24, 2013

मौनता

मौनताको कुनै अर्थ छैन तर मौनताको पनि आफ्नै उद्यस्य हुन्छ , इच्छाहरु हुन्छन् / लाटो होइन तर गम्भिर हुन्छ , मौनताको आफ्नै भावनाहरु हुन्छन् / फुट्दैन बोल तर आत्म गन्थन त अविरल चलि नै रहन्छ / खहरे झैं सुख्खा र उजाड देखिन्छ तर मौनताको आफ्नै प्यास हुन्छ , बगिरहने इच्छाहरु हुन्छन् / शांत हुन्छ र नाङ्गो देखिन्छ , फेरि कहिल्यै नबग्ने मरुभूमी देखिन्छ तर मौनताको आफ्नै धार हुन्छ , किनारहरू हुन्छन् / न फुट्ने मूल छ न टुंगिने सागर छ तर मौनताको आफ्नै श्रोत हुन्छ , गन्तव्यहरु हुन्छन् /

Friday, May 17, 2013

......

खुश नज़र आता
मैं मुस्कुराता हुआ
काश तू होती
रूबरू बैठी
यूँ तो दिल झूमता है
जब ख्वाब बनती हो
आँखे बंद करता हूँ
तुम ही नज़र आती हो
ये मेरा है मानना
तू हकिकत है
गर तू न होती ,
मेरी सांसे कैसे चलतीं ?
समंदर सी आँखे तेरी
लेहरों मैं बेहता मै
प्यार तेरा है दवा
वरना वीमार मैं न होता ?
मिठी सी एहसास होती
तू जो पास होती
दूर है तो गम है
आँखे भी नम है
एक मगर एहसास ही
काफ़ि है तेरे इश्कका
मेरे वेवजह मुस्कुरानेका

Wednesday, March 27, 2013

....

प्यार तिम्रो सुवाष हे !
आनन्द अपार बग्छ रे
कपाल कालो केशिका
बुन्छ प्यार रेशिका
नज़र डुल्छ कोष - कोष
नदेखे कहाँ हुन्छ होश
मलाई गन्ध तान्दछ
नभेटी कहाँ मान्दछ
म तृष्णाको खडेरी झैं !
फुलेर सुक्न दिन्न है
प्यारको बगैंचा यो
बनेर मौरी फुल्ने भो 

Friday, March 22, 2013

ऐना

ऐना हेर्छु , ऐनामा अर्को म देख्छु 
ऐना यत्र तत्र 
म थुप्रै छु , तर म एउटै हूँ !!!

Saturday, March 9, 2013

पिडा

लाटो सरि म मौन छू 
धर धरी आँखा  बोल्दछन 
चुप चाप म शांत देखिए पनि 
पिडाले मुटु पोल्दछन 

Monday, March 4, 2013

तिमि बाट टाढा हुँदाको आभाष

तिमि बाट टाढा हुँदाको आभाष
अनि तिमीसंग भेट्ने यो आश
लाग्छ म कतै बेहोशिमै छु
होशमा तर आउने रहर मलाई छैन
सपना नै मिठो लाग्छ
मलाई बेहोशी नै प्यारो छ
म हाँस्छु पनि , म रुन्छु अनि
खित्काहरू तिमीलाई नाशो दिएँ
आँशु सँगै तिम्रा गुनाशो लिएँ
एक्लोपनले मलाई पनि खाइरहेको छ
तिमीलाई मात्र हैन प्रिए
यादले मलाई पनि सताइरहेको छ