Monday, December 21, 2009

अज्ञानी मृगहरू

घास पात खाई , रमाई घुम्थे वनमा
उफ्री उफ्रिकन फेरि , ख़ुशी हुन्थे मनमा

के भयो चपलतालाई , जंगली तांडव गर्न थाले
भत्काईकन आफ्नै घरलाई, मृगहरू किन छाडा भए ?

सोझा भनी इनलाई चिन्थे , सायेद अब हरामी भए
शांतिका दूत इनलाई भन्थे , पर्यायेवाची अशांतिका भए

बुद्धि कहाँ विलायो ?, मृगहरू अज्ञानी भए
कस्को कर्म चिलायो !, मृगहरू अज्ञानी भए

मंद बुद्धिका मृगहरू , हत्यारा बाघ बन्दैछ्न
बंद छुरिका धारहरू , आफंतकै लाश गन्दैछ्न

ऐना ल्याएर देखाऊ , यी नामर्द बाघहरुलाई
ज्ञानको बाटो देखाऊ , यी अज्ञानी मृगहरुलाई

Tuesday, December 8, 2009

रगत बोल्दछ

खोलामा विष बगेर, मुहान सुकी जान्छन् 
रातको जून हटेर, चर्को घाम बन्छन् 
तिर्खाले कंठ सुक्दछ, अनि रगत बोल्दछ /

रुखमै फल कुहेर, जंगल ढली जान्छन् 
खेतहरू जलेर, अन्न श्राप बन्छ्न् 
भोकले आन्द्रा सुक्दछ, अनि रगत बोल्दछ //

घरहरू भत्केर, मशानघात बन्छन् 
छानोहरू चुहेर, भित्ता जब ढल्छन् 
आँशुले शिरानी भिज्दछ, अनि रगत बोल्दछ ///

झुत्रो वश्त्र बनेर, पटक पटक टालिन्छन् 
अर्ध नग्न भएर, हर शितमा कांप्दछन् 
जाडोले जब पोल्दछ, अनि रगत बोल्दछ ////

Saturday, November 7, 2009

बादल

बादल कती अनौठो
रूप हजारौं फेरी
डुल्दै गगन मंडल
मर्त्ये लोक हेरी
जल भई बर्सने
मेघ भई गर्जी
चंद्र सूर्य नै छेक्ने
आंटिलो छ मर्जी
तरंगको चक्र सागरमा
फैलिदै किनारा छुन्छ
आकाश धर्तीको संगम
क्षितिजमा बादल पुग्छ
यसैको गुण बोकेर
सगरमाथा तिमी चध्नेछौ
कर्तब्य कठोर पथमा
हिंदी किर्तीमान बन्नेछौ

Monday, November 2, 2009

मेरो स्वाभिमान

म एकान्तमा पनी एक्लो छैन, भिडमा म हराउन पनी सक्दिन / कोलाहल र अशान्तिमा , आफ्नो शान्ति हराउन दिन्न // मेरो अस्तित्वो मेरो स्वाभिमान, कसैले डगमगाउन सक्दैन /// म सींगो पूर्ण छू - मलाई , कसैले तुक्र्यौन सक्दैन ////

मेरो सोच

सोचले सोच बदलिन्छ, सोचलाई सोचेर नसोचे, सोचले सोचको बिनाश गर्छ, सोचलाई सोच बन्न नदेऊ, सोचलाई रोजेर सोच बनाऊ, दु:खको सोचले सोच दुखी हुन्छ, खुशीको सोच नै सोचको खुशी हो, जीवन एउटा सोच हो, सोचलाई कर्म नबनाऊ /

बिदुर नीती

बिदुर निति से : An extract from Bidur Niti
आक्रुश्यमानो नाक्रोशेन्मन्युरेव तितिक्ष्यत :/ आक्रोश्तारम निर्दहति सुकृतं चास्य विन्दति //
अर्थात: कोई विचारशील ब्यक्ति या जिसमे थोडी सी भी मनुष्यता हो , किसी परिस्थिति विशेष पर क्रोध में आकर पीडा पहुंचा दे या कोई हानि कर दे, तो उसे क्षमा कर देना चाहिए, किंतु येदी पीडा पहुंचानेवाला नीरा पशु हो और बार - बार पीडा और प्रताड़ना पहुंचा रहा हो; समझाने पर भी न माने, तो उसे अवश्य ही दण्डित करना चाहिए/इसके लिए बल न हो ,तो बुद्धि से उसका दमन करना चाहिए/अन्येथा ऐसा ब्यक्ति आपकी क्षमाशीलता को कायेरता समझेगा/वोह आपको बार - बार प्रताडित करेगा/इतना ही नही,आपकी क्षमाशीलता को वोह अपना पराक्रम समझेगा और अन्यों को प्रताडित करेगा/इसलिए क्षमा का दान भी पात्र देखकर ही करना चाहिए /

Tuesday, October 27, 2009

सन्यासी

सिंचेर पसीना पाप कर्ममा
साच्नु त्यो धन के ?
आत्मा जगाई फाँट ठुलो
हेर्नु यो मन के ? /
पीत वस्त्र , कुंडल कानमा
भष्म टिका निधारमा
बनको बास , भिखको गांस
सन्यासी हुन्छ बिचारमा //
हृदय भावः ,निश्वार्थ कर्म
उद्धेश्य विहीन सेवा
लोभ मोह, विलाशी जीवन
होइन सन्यासीको पेवा ///
जात नासोध्नु , नासोध्नु गोत्र
हुदैना ऊसको वर्ग रे
त्यागी त्यो सन्यासी हो
सेवा नै ऊसको धर्मं रे ////