Tuesday, August 17, 2010

मेरो इन्द्रधनुष

मेरो इन्द्रधनुष दुई रंगको
कालो सेतो अचम्मको
भावनाको सागरबाट
स्वप्नको आकाश सम्म
अहा! कति प्यारो छ
जीवनको दुई पाटो
हर्ष र बिस्माद संगै
जे हेर्दछु त्येही देख्दछु
त्येसैले म हाँस्दछु
आँखा चिम्ले अँध्यारै हो
खोलेर उज्यालो चुम्दछु
मेरो इन्द्रधनुष दुई रंगको
कालो सेतो अचम्मको