Tuesday, December 20, 2011

श्वाशको के भरोसा !!!!!

आज छ भोली छैन
यो श्वाशको के भरोसा
छोडेर कहिले चटक्कै
आफैलाई पारेर एक्लो
निर्मोही ! जानेछ कता
हावामा विलाउँछ, पानिमा सेलाउँछ
डढेर खरानी श्वाहा !
जीवनको छैन भरोसा

Sunday, December 18, 2011

"परेवा - गिद्द"

परेवा थियो शांत निश्छल
गिद्द सरि दरिद्र भएछ
स्वच्छ थियो गगन मण्डल
रक्त भई सित्तैमा बगेछ

नछुँदो हो के हृदय ?
दया के नजाग्दो रहेछ ?
ह्ठ्लाई ठानेर निश्चय
कटिएर कहिले उनैले काटेछ

यिनै हुन के मर्द भन्याका ?
नामर्द अरु मात्रै होइनन
यिनैले मात्र हुन के सुन्याका ?
बहिरा अरु मात्रै छैनन

हिंड्ने गर्छन छाती नै दागेर
मूल्य त्यो मुटुको नजानी
धर्मं के मर्म नै बालेर
सुख, शांति , चैन जलाई

कौशल मेरो पनी छ लड्ने
मात्र हो तरीका भिन्दै
तिमी काटेर लाश गन्ने
म जित्दछु दिन गन्दै

निती नराम्रो हुदैन कुनै
अपनाउने तरीका फरक हुन्छ
सकिन्न काटेर मान्छे जित्न
काटेर पहरा दिल छुन्छ

भित्र भित्रै पारेर खोक्रो
बोक्रो के मिठो होला ?
बचाई राखे बोक्रो संगै
फल त्यो पाकी झर्ला

WAS YOU

VERSES RUNNING THROUGH MY MIND
I COULDN'T SLEEP THE NIGHT
THEN I REALIZED,IT WAS YOU
SILENTLY HELD MY HAND
TUCKED ME IN THE ARMS
GOD!! I WAS LOST
DIDN'T KNOW WHAT TO DO
IT IS THEN THAT I SAID....
WELL..I SAID - I LOVE YOU.

Tuesday, September 6, 2011

"स्वार्थ - स्वर्ग"

स्वार्थले मलाई खाँदैछ
डोर्याई कता लाँदैछ
आफुलाई सुख खोज्दै छु
के नर्क मैले रोज्दै छु ?
स्वार्थको पहाड़ चढेर
जनुछ एकदिन मरेर
पापको भाँडो फुट्नेछ
कंगाल आफै लुट्ने छ
गरेर धर्म लोकमा
पर्दैन रुन शोकमा
नजानी किन अज्ञानी
डढेर बन्नु खरानी ?
ईक्षा र धोको सबैको
मेरो न अरु कसैको
भावना यस्तो जलाईदेऊ
मनमा शांती मलाई देऊ
वैतरणी म नि तरुँला
स्वर्गको यात्रा गरूँला
सुखको स्वर्ग धर्ती हो
दु:ख को नर्क धर्ती हो
पाप र पुण्य बाटोमा
भोग्नु छ यही माटोमा

Tuesday, August 23, 2011

चिंगारियाँ

चिंगारियाँ लिप्टों मे है बदलरही
देखो दुनियाँ है जलरही
फौलाद पिघलके है बेहरही
देखो बुनियाद है ढेहरही
ऐलाने जंगका, शंख है बजरहा
देखो फ़ौज है सजरहा
रोको न इनको अब खड़े
अब तो हैं ये बढ़ चले
रुकें न आँधी ,न डर तूफान से
बाँध ये चले , हैं सर कफ़न से

Friday, August 19, 2011

मंजिल

हौसला एक बढने का
लिए मनमे तू चलता
रुके न तू कभी
गिरता सम्भलता चलता
पटवार बुलंद इरादोंका
जीवन नैया चलाए
उम्मीदों का घरोंदा
तू पंछी है बनाए
राही अपने मन्जिलका
मंजिल तू खुद बनाए

Tuesday, July 12, 2011

यो रात मलाई हँसाईदिने मायालु कहाँ छ?

स्वर्गकी परी ज्योती झैँ बली, मन मेरो उज्यालो
रातको जून जुनेलि मेरी दिनमा विलायो
सपना साकार हुँदैन मेरो मलाई थाहा छ
यो रात मलाई हँसाईदिने मायालु कहाँ छ?
कहाँ हो कहाँ ती परी गाको, म यहाँ अन्योलमा
यहाँ हो भन्ने चाल पाएपनि,रुँदैछु बिछोडमा
एकैछिन् आँखा चिम्लिएपनि,तिम्रै छ झझल्को
तिमि नै माया जहाँगएपनि,मुटुको ढडकन भो
जुनले विदा लिएर जाँदा, हुन्छ र बिहानि?
सम्झना तिम्रो आएर सदा भिज्दछ शिरानि
धुरु र धुरु म रोएँ भने,कसले पो फकाउँछ?
आँशुको बाढि झन्झनै बढ्दा,जिन्दगी बगाउँछ

Monday, June 6, 2011

यात्रामा फेरि

अनेकौं दृश्य रमण
अवलोकन गरुं भनी
अहोभाग्य देख्न पाउनु
घुम्दै छु म फेरि
छु यात्रामा फेरि !

अनन्त सम्मको भ्रमण
हंशिला मुहार सबका
बढ्दै जाउॅला, हिंड्दै जाउॅला
सुस्ताउॅला म फेरि
छु यात्रामा फेरि !!

हर्षको वर्षातमा रुझेर
तृप्त भैदिन्छ मन
ख़ुशी संगाली कण कण
माया अपार आकार
मनको दुंगामा फेरि
छु यात्रामा फेरि !!!

गोरेटो गल्छि गगन
आकाश धर्ती सारा
हवा बादल र पानी
यिनका रूप धरी
उड़दैछु म फेरि
छु यात्रामा फेरि !!!!

Friday, June 3, 2011

कविको खोजीमा

वन पाखामा खोज्दा शायद भेटिन्थ्यो होला
अफ़सोस ! तर, म जहाँ छु त्यहाँ वनपाखा छैनन
गण्डकी या खहरेको तीरमा टोलाईरहेको होला
भ्रम मात्र हो मेरो , किनकी यहाँ पानी बग्दैनन
हिडेको छु आज म कविको खोजीमा !

ती खेतका कान्लामा कविता फुर्ने गर्थे
खेत कहाँ पाउनु ? यहाँ त करेसा पनि छैन
पतझड़मा पनि पातसंग कविता झर्ने गर्थे
यहाँ त वसंत पनी त्यहाँ जस्तो छैन
हिडेको छु आज कविको खोजीमा !!

अचानक मनमा प्रश्न उठ्यो , "कवि कहाँ गयो ?"
इट्टा, ढुंगा र बालुवामा कविता भेट्न गाह्रो छ
कंक्रीटको जंगलमा हरायो की , "कवि कहाँ विलायो?"
बिना हिमाल , हरियो डांडा कविता लेख्न गाह्रो छ
हिडेको छु आज कविको खोजीमा !!!