Tuesday, January 26, 2016

लाखौं अगरबत्तिहरु जलायौ होला
मुर्ति हजार पुज्यौ
कुल्चेर कयौंका चोटहरु
शान्ती अपार खोज्यौ...........

Sunday, January 24, 2016

....................

के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन् 
पोल्दछन् आँखा पर्खाइमा , आशुले शितल पार्दछन् 
खुशीले किन दिदैन साथ जीवन भरिलाई
पल भर आउँछ गद गद पार्छ ,अर्को क्षण रुनलाई

जानेर पनि अन्जान बन्ने मन यो पापी छ
तिमीले दर्शन नदिए पनि तस्विर काफी छ
चिच्याई गला सुकाएपनि आवाज पुग्दैन
गुन्जायमान बिस्फोट पनि कसैले सुन्दैन
                          मनको प्रलय सुन्दैन

के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन्

Saturday, January 16, 2016

" मेरो यथार्तको संसार "

कल्पना परिकल्पना भन्दा पर मिठो सपनाको संसार तर त्यो सपना भन्दा पनि मिठो मेरो बिपनाको - यथार्तको संसार जसमा तिमि छौ / हो , सत्य यो एकमात्रै हो /