मेरो  अल्छिपनको सिमाना  नै  छैन  
लाग्छ गरेर खाने जमाना नै  छैन  
निष्क्रिये  प्राय भएको  छ  शरीर 
ढुंगाको  देउता  बसने  यो  मंदिर ! 
तथास्तु  भन्न हात  के  उचाल्नु ? 
टिको लाउन निधार  पनि थाप्दैन 
कुहिएर जालान  नैबेद्धहरू 
खानलाई मुख  पनि  खोल्दैन ! 
मैले  लेख्या हैन यो  कविता  
यो  त मसि  र कागजको  कारण  हो  
दिमाग  पनि  लगाउँदिन  म त 
यो  घोर  अल्छ्याईँको उदाहरण  हो !
Subscribe to:
Post Comments (Atom)
 

No comments:
Post a Comment