सिंचेर पसीना पाप कर्ममा
साच्नु त्यो धन  के ?
आत्मा जगाई फाँट ठुलो
हेर्नु यो मन के ? /
पीत वस्त्र , कुंडल कानमा
भष्म टिका निधारमा
बनको बास , भिखको गांस
सन्यासी  हुन्छ बिचारमा //
हृदय भावः ,निश्वार्थ कर्म
उद्धेश्य विहीन सेवा
लोभ मोह, विलाशी जीवन
होइन सन्यासीको  पेवा ///
जात नासोध्नु , नासोध्नु गोत्र
हुदैना ऊसको वर्ग  रे
त्यागी त्यो सन्यासी  हो
सेवा नै ऊसको धर्मं रे ////
Tuesday, October 27, 2009
Subscribe to:
Comments (Atom)
 
