स्वार्थले मलाई खाँदैछ
डोर्याई कता लाँदैछ
आफुलाई सुख खोज्दै छु
के नर्क मैले रोज्दै छु ?
स्वार्थको पहाड़ चढेर
जनुछ एकदिन मरेर
पापको भाँडो फुट्नेछ
कंगाल आफै लुट्ने छ
गरेर धर्म लोकमा
पर्दैन रुन शोकमा
नजानी किन अज्ञानी
डढेर बन्नु खरानी ?
ईक्षा र धोको सबैको
मेरो न अरु कसैको
भावना यस्तो जलाईदेऊ
मनमा शांती मलाई देऊ
वैतरणी म नि तरुँला
स्वर्गको यात्रा गरूँला
सुखको स्वर्ग धर्ती हो
दु:ख को नर्क धर्ती हो
पाप र पुण्य बाटोमा
भोग्नु छ यही माटोमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment