उज्यालोमा ,
छायाँ बन्छ शरीर
अनिश्चित आकार हुन्छ
विराट हुन्छ रूप पनी
तुक्ष रति हुन्छ फेरि
कालो छायाँ फैलिदै टाढा
भयावह देखिन्छ काया
डल्लो सानो, आकार घटी
हुन्छ टाउको खुट्टा मुनि
आफ्नो छायाँ कति प्यारो
सुम्सुम्याई हर घडी
भाग्न बाद्धय तुल्याई दिने
त्यों अन्धकार निर्मोही
विचरो ! विवश !
प्रकाश छैन लुक्न गयो
शरीर पनि तड्पिरह्यो
छ्टपट आत्मा भावबिह्वल
ज्योतिसंगै विलीन भयो
झुल्केला के ! अब फेरि ?
छायाँले साथ छोड़ी
अन्धकार मै रुन्गिरह्यो
अर्ध जिवीत शरीर बनी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment