Tuesday, July 12, 2011

यो रात मलाई हँसाईदिने मायालु कहाँ छ?

स्वर्गकी परी ज्योती झैँ बली, मन मेरो उज्यालो
रातको जून जुनेलि मेरी दिनमा विलायो
सपना साकार हुँदैन मेरो मलाई थाहा छ
यो रात मलाई हँसाईदिने मायालु कहाँ छ?
कहाँ हो कहाँ ती परी गाको, म यहाँ अन्योलमा
यहाँ हो भन्ने चाल पाएपनि,रुँदैछु बिछोडमा
एकैछिन् आँखा चिम्लिएपनि,तिम्रै छ झझल्को
तिमि नै माया जहाँगएपनि,मुटुको ढडकन भो
जुनले विदा लिएर जाँदा, हुन्छ र बिहानि?
सम्झना तिम्रो आएर सदा भिज्दछ शिरानि
धुरु र धुरु म रोएँ भने,कसले पो फकाउँछ?
आँशुको बाढि झन्झनै बढ्दा,जिन्दगी बगाउँछ

Monday, June 6, 2011

यात्रामा फेरि

अनेकौं दृश्य रमण
अवलोकन गरुं भनी
अहोभाग्य देख्न पाउनु
घुम्दै छु म फेरि
छु यात्रामा फेरि !

अनन्त सम्मको भ्रमण
हंशिला मुहार सबका
बढ्दै जाउॅला, हिंड्दै जाउॅला
सुस्ताउॅला म फेरि
छु यात्रामा फेरि !!

हर्षको वर्षातमा रुझेर
तृप्त भैदिन्छ मन
ख़ुशी संगाली कण कण
माया अपार आकार
मनको दुंगामा फेरि
छु यात्रामा फेरि !!!

गोरेटो गल्छि गगन
आकाश धर्ती सारा
हवा बादल र पानी
यिनका रूप धरी
उड़दैछु म फेरि
छु यात्रामा फेरि !!!!

Friday, June 3, 2011

कविको खोजीमा

वन पाखामा खोज्दा शायद भेटिन्थ्यो होला
अफ़सोस ! तर, म जहाँ छु त्यहाँ वनपाखा छैनन
गण्डकी या खहरेको तीरमा टोलाईरहेको होला
भ्रम मात्र हो मेरो , किनकी यहाँ पानी बग्दैनन
हिडेको छु आज म कविको खोजीमा !

ती खेतका कान्लामा कविता फुर्ने गर्थे
खेत कहाँ पाउनु ? यहाँ त करेसा पनि छैन
पतझड़मा पनि पातसंग कविता झर्ने गर्थे
यहाँ त वसंत पनी त्यहाँ जस्तो छैन
हिडेको छु आज म कविको खोजीमा !!

अचानक मनमा प्रश्न उठ्यो , "कवि कहाँ गयो ?"
इट्टा, ढुंगा र बालुवामा कविता भेट्न गाह्रो छ
कंक्रीटको जंगलमा हरायो की , "कवि कहाँ विलायो?"
बिना हिमाल , हरियो डांडा कविता लेख्न गाह्रो छ
हिडेको छु आज म कविको खोजीमा !!!

Friday, December 17, 2010

गुँडको माया

उडेर चरी जहाँ गएपनी गुँड मै फर्कन्छ,
गुँडको माया मारेर टाढा कति नै रहन्छ

Monday, December 13, 2010

चाहना मेरो छ कति मधूर.....

चाहना मेरो छ कति मधूर ,मुटु नै मिठ्याउने
फूलको थुंगा टिपेर तिम्रो ,चुल्ठोमा सजाउने

परी पो हौ कि पिरती तिमी,दिलकी रानी हौ
हिरा र मोति जडेकी तिमी,मायाकी खानी हौ

लाग्छ है डर संभाली पाइला, गनेर चाल्दछु
तिमीलाई भनी साँचेको माया ,मनमा पाल्दछु

Saturday, December 11, 2010

मानिस ! तेरो के भर भो

दुश्मन तेरो तँ आफै बन्छ्स, तँलाई के डर भो
आफैलाई धोका दिएर हिंद्छ्स , तेरो के भर भो
मानिस ! तेरो के भर भो

Monday, November 29, 2010

मन तुने आज भी न सुना मेरा केहना/ खुदसे ही करके बैर , रूठा है तू खुदसे क्यूँ ? तकलीफें सारि क्या फिर न आएंगी ? क्यूँ लड़ने का मन्त्र नही है पढता ? आज तू खुदको बुलंद करले , कल तू ही दुनिया बन पाएगा / जितले तू खुदको अभी , वरना बेचारा ही कहलाएगा /