Monday, August 6, 2012

"डगमगाएका पाइलाहरु"

चिन्दैनन् आफैलाई
ऐनामा पराइ देख्छन्
लुकी आफैसंग  कति
भाग्छन् आफैबाट  टाढा
एकान्तमा रुमलिने
भिडमा झस्कि सदा
बाटो नै बिराए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु 

चुपचाप छ, निशब्द !
टोलाई भित्ता कोर्छ
अबोल शब्द सारा
मनको चित्र बुन्छ
शुन्यता कोलाहल सरि
गुन्जिंछ मानशपटलमा
तर्सिएर लाटो भए सरि
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

डर आफैसंग
भय यो कस्तो
विषालु सोच लाग्छ
आफैलाई डस्ला कि
हृदयलाई थुनेर
भाग्दै र बच्दै
दिशाभ्रममा विलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

भट्भटी पोल्छ
न हाँस्छ न बोल्छ
रसाउँदैनन् आँखा
भावहरु जलेर
दन्दनी बल्छ
खरानी बन्छ
डढेर सेलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु
                
       
       
                

Thursday, April 26, 2012

दुखाई मेरो

टाउको र खुट्टा दुखेको आज तिन महिना बिती गो 
दुखाई मेरो बढ़ी नै रा छ कहिले ठीक हुने हो
डाक्टर भन्छ तंलाई खासै केही नि भा छैन 
कति दिन भयो रातमा निंद्रा मलाई ला छैन 
दुखेर उठ्छु ठुचुक्क बस्छु बस्न नि सक्दिन 
चिम्लेर आँखा पल्तिन खोज्छु सुत्न चाहिं सक्दिन 
दुखाई मेरो हरेर लैजाऊ भगवान! पुकार्छु
पुग्दैन भने त्यतिले भन लड्डू नि चढ़ाउंछु
                         प्रभू ! भोग पनि लगाउंछु 

Friday, January 20, 2012

मैं पंछी

उडती फिरती पंछी
आजाद कितनी
मैं कैदी अपने मनका
खुद से हूँ बंधा
खुलेगी कभी कड़ियाँ
उड़ने मैं लगूंगा
अरमानों का पंख फैलाए
सदा यूँ न रहूँगा
मैं पंछी हूँ
मैं भी उड़ने लगूंगा

Tuesday, December 20, 2011

श्वाशको के भरोसा !!!!!

आज छ भोली छैन
यो श्वाशको के भरोसा
छोडेर कहिले चटक्कै
आफैलाई पारेर एक्लो
निर्मोही ! जानेछ कता
हावामा विलाउँछ, पानिमा सेलाउँछ
डढेर खरानी श्वाहा !
जीवनको छैन भरोसा

Sunday, December 18, 2011

"परेवा - गिद्द"

परेवा थियो शांत निश्छल
गिद्द सरि दरिद्र भएछ
स्वच्छ थियो गगन मण्डल
रक्त भई सित्तैमा बगेछ

नछुँदो हो के हृदय ?
दया के नजाग्दो रहेछ ?
ह्ठ्लाई ठानेर निश्चय
कटिएर कहिले उनैले काटेछ

यिनै हुन के मर्द भन्याका ?
नामर्द अरु मात्रै होइनन
यिनैले मात्र हुन के सुन्याका ?
बहिरा अरु मात्रै छैनन

हिंड्ने गर्छन छाती नै दागेर
मूल्य त्यो मुटुको नजानी
धर्मं के मर्म नै बालेर
सुख, शांति , चैन जलाई

कौशल मेरो पनी छ लड्ने
मात्र हो तरीका भिन्दै
तिमी काटेर लाश गन्ने
म जित्दछु दिन गन्दै

निती नराम्रो हुदैन कुनै
अपनाउने तरीका फरक हुन्छ
सकिन्न काटेर मान्छे जित्न
काटेर पहरा दिल छुन्छ

भित्र भित्रै पारेर खोक्रो
बोक्रो के मिठो होला ?
बचाई राखे बोक्रो संगै
फल त्यो पाकी झर्ला

WAS YOU

VERSES RUNNING THROUGH MY MIND
I COULDN'T SLEEP THE NIGHT
THEN I REALIZED,IT WAS YOU
SILENTLY HELD MY HAND
TUCKED ME IN THE ARMS
GOD!! I WAS LOST
DIDN'T KNOW WHAT TO DO
IT IS THEN THAT I SAID....
WELL..I SAID - I LOVE YOU.

Tuesday, September 6, 2011

"स्वार्थ - स्वर्ग"

स्वार्थले मलाई खाँदैछ
डोर्याई कता लाँदैछ
आफुलाई सुख खोज्दै छु
के नर्क मैले रोज्दै छु ?
स्वार्थको पहाड़ चढेर
जनुछ एकदिन मरेर
पापको भाँडो फुट्नेछ
कंगाल आफै लुट्ने छ
गरेर धर्म लोकमा
पर्दैन रुन शोकमा
नजानी किन अज्ञानी
डढेर बन्नु खरानी ?
ईक्षा र धोको सबैको
मेरो न अरु कसैको
भावना यस्तो जलाईदेऊ
मनमा शांती मलाई देऊ
वैतरणी म नि तरुँला
स्वर्गको यात्रा गरूँला
सुखको स्वर्ग धर्ती हो
दु:ख को नर्क धर्ती हो
पाप र पुण्य बाटोमा
भोग्नु छ यही माटोमा