Friday, June 3, 2011

कविको खोजीमा

वन पाखामा खोज्दा शायद भेटिन्थ्यो होला
अफ़सोस ! तर, म जहाँ छु त्यहाँ वनपाखा छैनन
गण्डकी या खहरेको तीरमा टोलाईरहेको होला
भ्रम मात्र हो मेरो , किनकी यहाँ पानी बग्दैनन
हिडेको छु आज म कविको खोजीमा !

ती खेतका कान्लामा कविता फुर्ने गर्थे
खेत कहाँ पाउनु ? यहाँ त करेसा पनि छैन
पतझड़मा पनि पातसंग कविता झर्ने गर्थे
यहाँ त वसंत पनी त्यहाँ जस्तो छैन
हिडेको छु आज कविको खोजीमा !!

अचानक मनमा प्रश्न उठ्यो , "कवि कहाँ गयो ?"
इट्टा, ढुंगा र बालुवामा कविता भेट्न गाह्रो छ
कंक्रीटको जंगलमा हरायो की , "कवि कहाँ विलायो?"
बिना हिमाल , हरियो डांडा कविता लेख्न गाह्रो छ
हिडेको छु आज कविको खोजीमा !!!

Friday, December 17, 2010

गुँडको माया

उडेर चरी जहाँ गएपनी गुँड मै फर्कन्छ,
गुँडको माया मारेर टाढा कति नै रहन्छ

Monday, December 13, 2010

चाहना मेरो छ कति मधूर.....

चाहना मेरो छ कति मधूर ,मुटु नै मिठ्याउने
फूलको थुंगा टिपेर तिम्रो ,चुल्ठोमा सजाउने

परी पो हौ कि पिरती तिमी,दिलकी रानी हौ
हिरा र मोति जडेकी तिमी,मायाकी खानी हौ

लाग्छ है डर संभाली पाइला, गनेर चाल्दछु
तिमीलाई भनी साँचेको माया ,मनमा पाल्दछु

Saturday, December 11, 2010

मानिस ! तेरो के भर भो

दुश्मन तेरो तँ आफै बन्छ्स, तँलाई के डर भो
आफैलाई धोका दिएर हिंद्छ्स , तेरो के भर भो
मानिस ! तेरो के भर भो

Monday, November 29, 2010

मन तुने आज भी न सुना मेरा केहना/ खुदसे ही करके बैर , रूठा है तू खुदसे क्यूँ ? तकलीफें सारि क्या फिर न आएंगी ? क्यूँ लड़ने का मन्त्र नही है पढता ? आज तू खुदको बुलंद करले , कल तू ही दुनिया बन पाएगा / जितले तू खुदको अभी , वरना बेचारा ही कहलाएगा /

Tuesday, November 23, 2010

जे छ जस्तो त्यस्तै रहन्छ

ऋतू हजारौं बदलिन्छ्न
बैशाख लाग्दा हुन्छ सुरु
अन्त्य पतझड़ नांगो रुख
कसले पो के लिएर जान्छ
जे छ जस्तो त्यस्तै रहन्छ

हर्ष गर्नु स्वभाविक छ
नौलो बिहानी झुल्किदा
रून आँशु तयार हुन्छ
अंधकार त पक्कै छाउँछ
जे छ जस्तो त्यस्तै रहन्छ

धागो जल्छ त्यो बल्दैन
त्यसले के उज्यालो छर्छ
तेल संगाली दियो बाल्नू
कालो कहाँ नै रहन्छ
जे छ जस्तो त्यस्तै रहन्छ

Friday, November 19, 2010

अल्छि ! म

मेरो अल्छिपनको सिमाना नै छैन
लाग्छ गरेर खाने जमाना नै छैन
निष्क्रिये प्राय भएको छ शरीर
ढुंगाको देउता बसने यो मंदिर !

तथास्तु भन्न हात के उचाल्नु ?
टिको लाउन निधार पनि थाप्दैन
कुहिएर जालान नैबेद्धहरू
खानलाई मुख पनि खोल्दैन !

मैले लेख्या हैन यो कविता
यो त मसि र कागजको कारण हो
दिमाग पनि लगाउँदिन म त
यो घोर अल्छ्याईँको उदाहरण हो !