कहिले गणतन्त्रको नाममा कहिले राजतन्त्रको नाममा हतियार उठाउन जोश देखाउने नेपाली युवाहरु, संगालेर राख ति जोश हरुलाई / तिनै जोशका साथ बरु राष्ट्र निर्माणकालागी गैंती र बेल्चा उठाए कस्तो होला /
Thursday, March 24, 2016
Friday, February 19, 2016
.............
मेरो विवशताको उपहास गर्दा अट्टहास मैले सुनेको छु
भित्र भित्रै तर तिमि रुँदा क्रन्दन पनि मैले सुनेको छु
भित्र भित्रै तर तिमि रुँदा क्रन्दन पनि मैले सुनेको छु
Saturday, February 13, 2016
"नेपालमै बस्न मैले लिनु छ जन्म अर्को"
बिछ्याई गुन्द्री अगेनामा पर्खिन्छिन् आमा मलाइ
आशाले डुलाई नज़र कुर्दछिन् आमा मलाइ
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
कर्मले दियो प्रदेश सुख कमाउने आशमा
आमाको जस्तो स्वाद कहाँ पाउनु पराया गाँसमा
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
बाबाको गाथा सम्झी हौसला अपार मिल्छ
श्रमको सिंचेरै पसिना मानव जीवन जित्छ
हातका कर्मठ फोका कर्म गरेरै बज्र बन्छ
सातै जन्म मलाइ नेपाली बन्ने मन छ
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
आशाले डुलाई नज़र कुर्दछिन् आमा मलाइ
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
कर्मले दियो प्रदेश सुख कमाउने आशमा
आमाको जस्तो स्वाद कहाँ पाउनु पराया गाँसमा
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
बाबाको गाथा सम्झी हौसला अपार मिल्छ
श्रमको सिंचेरै पसिना मानव जीवन जित्छ
हातका कर्मठ फोका कर्म गरेरै बज्र बन्छ
सातै जन्म मलाइ नेपाली बन्ने मन छ
रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु
यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को
Monday, February 1, 2016
"रश्मी"
अधुरो थियो आकाश मेरो धर्ति अधुरो
अपूर्ण थिएँ मानिस मेरो कहानी अपुरो
ताराले थियो झिली र मिलि जुनले सुहायो
मायाको थियो कोपिला मन उनले फुलायो
धक धक गर्ने मुटुले मेरो धड्किन जानेछ
जहिले देखि मुटुले आफ्नो तिमीलाई ठानेछ
आएर जीवन सिंगार्ने मेरो रश्मी तिमी हौ
भएर रंग खुशीको रंग्ने रश्मी तिमी हौ
अपूर्ण थिएँ मानिस मेरो कहानी अपुरो
ताराले थियो झिली र मिलि जुनले सुहायो
मायाको थियो कोपिला मन उनले फुलायो
धक धक गर्ने मुटुले मेरो धड्किन जानेछ
जहिले देखि मुटुले आफ्नो तिमीलाई ठानेछ
आएर जीवन सिंगार्ने मेरो रश्मी तिमी हौ
भएर रंग खुशीको रंग्ने रश्मी तिमी हौ
Tuesday, January 26, 2016
Sunday, January 24, 2016
....................
के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन्
पोल्दछन् आँखा पर्खाइमा , आशुले शितल पार्दछन्
खुशीले किन दिदैन साथ जीवन भरिलाई
पल भर आउँछ गद गद पार्छ ,अर्को क्षण रुनलाई
जानेर पनि अन्जान बन्ने मन यो पापी छ
तिमीले दर्शन नदिए पनि तस्विर काफी छ
चिच्याई गला सुकाएपनि आवाज पुग्दैन
गुन्जायमान बिस्फोट पनि कसैले सुन्दैन
मनको प्रलय सुन्दैन
के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन्
पोल्दछन् आँखा पर्खाइमा , आशुले शितल पार्दछन्
खुशीले किन दिदैन साथ जीवन भरिलाई
पल भर आउँछ गद गद पार्छ ,अर्को क्षण रुनलाई
जानेर पनि अन्जान बन्ने मन यो पापी छ
तिमीले दर्शन नदिए पनि तस्विर काफी छ
चिच्याई गला सुकाएपनि आवाज पुग्दैन
गुन्जायमान बिस्फोट पनि कसैले सुन्दैन
मनको प्रलय सुन्दैन
के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन्
Saturday, January 16, 2016
" मेरो यथार्तको संसार "
कल्पना परिकल्पना भन्दा पर मिठो सपनाको संसार तर त्यो सपना भन्दा पनि मिठो मेरो बिपनाको - यथार्तको संसार जसमा तिमि छौ / हो , सत्य यो एकमात्रै हो /
Subscribe to:
Posts (Atom)
