कल्पना परिकल्पना भन्दा पर मिठो सपनाको संसार तर त्यो सपना भन्दा पनि मिठो मेरो बिपनाको - यथार्तको संसार जसमा तिमि छौ / हो , सत्य यो एकमात्रै हो /
Saturday, January 16, 2016
Sunday, November 15, 2015
..........
अन्धकार घनघोर भो , जाग अब भोर भो
तन्द्राले गति लिदैछ , भाग्यले मति फेर्दैछ
प्रचूर छ हेर बेदना , सुत्दैछ हेर चेतना
बादल कालो रंगको , कालो नै छ बर्सेको
भिजेर हेर नित्रुकै , थर थरि छ काँपेको
निस्लोट जरो चर्केर , आगो नै छ दन्केको
सैयापो हो कि मृत्युको , श्वांस नै छ अड्केको
ताण्डव गर्छन् भावना , भष्म सरि भो चेतना
चैतन्य भै प्रकाश , उज्यालो बन्ने चाहना
जलाई आफ्ना स्वार्थलाई , दियो बन्ने चाहना
तन्द्राले गति लिदैछ , भाग्यले मति फेर्दैछ
प्रचूर छ हेर बेदना , सुत्दैछ हेर चेतना
बादल कालो रंगको , कालो नै छ बर्सेको
भिजेर हेर नित्रुकै , थर थरि छ काँपेको
निस्लोट जरो चर्केर , आगो नै छ दन्केको
सैयापो हो कि मृत्युको , श्वांस नै छ अड्केको
ताण्डव गर्छन् भावना , भष्म सरि भो चेतना
चैतन्य भै प्रकाश , उज्यालो बन्ने चाहना
जलाई आफ्ना स्वार्थलाई , दियो बन्ने चाहना
Sunday, August 2, 2015
.....
तेरे हात मे आज अपना नाम देखा , प्यार का पैगाम देखा
मोहब्बत भी क्या हसीन चीज है , छोटी छोटी बातों में जहान देखा
मोहब्बत भी क्या हसीन चीज है , छोटी छोटी बातों में जहान देखा
Tuesday, July 14, 2015
" बिहानी "
चराहरु चिरिबिरी
रोमान्चित पाखा पखेरा
खोलेर मुठ्ठी पातहरु
शितका मोती थाप्दैछन्
चिरेर रातको अँध्यारो
टल्काउँछ मोती किरण
यो भव्यताको आभाष
बिहानी उपहार ल्याउँदै
मुस्कान यत्र तत्र
लम्पटहरु जगाउँदै
अहोरात्र सुतेका निन्द्राहरु
जाग्दैछन् बेर अबेर
मन्द मन्द मुस्कानमा
परिणत खुम्चिएका ललाटहरु
खहरे सुसाउन थाल्दैछ
हेर बिहानी आउँदैछ
रोमान्चित पाखा पखेरा
खोलेर मुठ्ठी पातहरु
शितका मोती थाप्दैछन्
चिरेर रातको अँध्यारो
टल्काउँछ मोती किरण
यो भव्यताको आभाष
बिहानी उपहार ल्याउँदै
मुस्कान यत्र तत्र
लम्पटहरु जगाउँदै
अहोरात्र सुतेका निन्द्राहरु
जाग्दैछन् बेर अबेर
मन्द मन्द मुस्कानमा
परिणत खुम्चिएका ललाटहरु
खहरे सुसाउन थाल्दैछ
हेर बिहानी आउँदैछ
Wednesday, March 25, 2015
.........
घोर गरिकन कन्जुसाई केनै मायामा बच्दछ
माया नै अमुल्य धन हो , माया दिएरै माया कमाइन्छ
हलो जोतिकाना घाँस रोपे घाँस नै पो उम्रंछ
माया नै अतुल्य बिज हो, माया सिन्चेरै माया उम्रिन्छ
माया नै अमुल्य धन हो , माया दिएरै माया कमाइन्छ
हलो जोतिकाना घाँस रोपे घाँस नै पो उम्रंछ
माया नै अतुल्य बिज हो, माया सिन्चेरै माया उम्रिन्छ
Tuesday, March 24, 2015
"म मान्छे भएर होला"
म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु / म चिन्ता गर्दछु , म चिन्तन पनि / कोलाहल कहिले आफैमा बिथोलिंछु , कहिले आफैमा सम्हालिंछु / कहिले जीवन ब्यर्थ झैं लाग्छ , कहिले ब्यर्थै जीवनलाई दोष दिन्छु झैं लाग्छ / चारैतिर हेर्दा नियाली गन्तब्य पुग्ने होडबाजी देख्छु / खुशी बाँड्ने मुस्कानहरु अनि जोरी खोज्ने मुक्काहरु , सबै भेटिन्छन यहाँ सबै देखिन्छन / निरास कुनै अनुहारहरु , प्रसन्न कति मुहारहरु , थरि थरिका सोचहरु , मान्छे थरि थरिका / म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु /
Tuesday, January 20, 2015
.................
म प्रश्न हूँ म उत्तर आफै
म धर्ति हूँ म आकाश आफै
म औंला उठाउँछु
मुस्काई जवाफ बन्दछु
बादल हूँ म बर्सन्छु
म धर्ति हूँ म बग्दछु
खोला छ प्रवृत्ती मेरो
निरन्तर भेल बन्दछु
सोच हो कि सागर यो
अनन्त सम्म म जम्दछु
धुलो हूँ कि जो उडदछु
गगन चुमेर फर्कन्छु
अस्तित्व बुझ्ने कोशिश
म आफैलाई पढ़दछु
छायाँ सरी निरन्तर
म घट्दछु म बढदछु
म धर्ति हूँ म आकाश आफै
म औंला उठाउँछु
मुस्काई जवाफ बन्दछु
बादल हूँ म बर्सन्छु
म धर्ति हूँ म बग्दछु
खोला छ प्रवृत्ती मेरो
निरन्तर भेल बन्दछु
सोच हो कि सागर यो
अनन्त सम्म म जम्दछु
धुलो हूँ कि जो उडदछु
गगन चुमेर फर्कन्छु
अस्तित्व बुझ्ने कोशिश
म आफैलाई पढ़दछु
छायाँ सरी निरन्तर
म घट्दछु म बढदछु
Subscribe to:
Posts (Atom)
