Wednesday, March 25, 2015

.........

घोर गरिकन कन्जुसाई केनै मायामा बच्दछ
माया नै अमुल्य धन हो , माया दिएरै माया कमाइन्छ
हलो जोतिकाना घाँस रोपे घाँस नै पो उम्रंछ
माया नै अतुल्य बिज हो, माया सिन्चेरै माया उम्रिन्छ 

Tuesday, March 24, 2015

"म मान्छे भएर होला"


म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु / म चिन्ता गर्दछु , म चिन्तन पनि / कोलाहल कहिले आफैमा बिथोलिंछु , कहिले आफैमा सम्हालिंछु / कहिले जीवन ब्यर्थ झैं लाग्छ , कहिले ब्यर्थै जीवनलाई दोष दिन्छु झैं लाग्छ / चारैतिर हेर्दा नियाली गन्तब्य पुग्ने होडबाजी देख्छु / खुशी बाँड्ने मुस्कानहरु अनि जोरी खोज्ने मुक्काहरु , सबै भेटिन्छन यहाँ सबै देखिन्छन / निरास कुनै अनुहारहरु , प्रसन्न कति मुहारहरु , थरि थरिका सोचहरु , मान्छे थरि थरिका / म मान्छे भएर होला मेरा थरि थरिका भावनाहरु /

Tuesday, January 20, 2015

.................

म प्रश्न हूँ म उत्तर आफै
म धर्ति हूँ म आकाश आफै
म औंला उठाउँछु
मुस्काई जवाफ बन्दछु
बादल हूँ म बर्सन्छु
म धर्ति हूँ म बग्दछु
खोला छ प्रवृत्ती मेरो
निरन्तर भेल बन्दछु
सोच हो कि सागर यो
अनन्त सम्म म जम्दछु
धुलो हूँ कि जो उडदछु
गगन चुमेर फर्कन्छु
अस्तित्व बुझ्ने कोशिश
म आफैलाई पढ़दछु
छायाँ सरी निरन्तर
म घट्दछु म बढदछु 

Sunday, October 26, 2014

" पागल हाँसेको "

न घाम चर्को छ
न धुलो फुटपाथको
खुशिले हो कि के हो
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

न प्यास पानिको
तृप्त त्यसै कण्ठ छ
न भोक रोटीको
भोक नै बिर्साई
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

सध्य हामि भैकन
दु:ख हर इक्ष्याको
सुखलाई चिन्दैनौं ,
दुखहरू बिर्साई
तर बत्तिसी देखाई
त्यो पागल हाँसेको

अहा ! क्या राम्रो
मोति झैं गाँसेको
हेर बत्तिसी देखाई
त्यो पागल हाँसेको 

Tuesday, September 9, 2014

.........

म स्वतन्त्र छु आजाद
तर मलाई केले बाँधेको छ
विचार उड्छन् मेरा
म तर बन्धनमा
खुला छन् सोचहरु
गाँठो तर केहि छ
फुत्काई भागूँ कि कतै
म रोक्दछु स्वयम
निस्ठुरी विचार मेरा
जीवन "एक" वोध भया
यसै गरी गह भरी
छ्ल्काई मोह सारा
पछ्याई जिन्दगि
जीवन निरश भो
कहिले यी त्याग मेरा
सार्थक हुने हो 

Tuesday, July 29, 2014

" आरुको बोट "

मेरो पुरानो घर , त्यो घरको बारीमा दुइटा आरुको बोट / बारी त्यहि ,माटो त्यहि तर.……
आरु लटरम्म फ़ल्दथे , दुबै अडिग झैं देखिन्थे / हिउँद , मास , वर्खा एकैनास तर.…….
तर अचम्म कस्तो , उदेग लाग्दो / एउटा ता मिठो आरु रुखको , आर्को चैं किन फितलो ?
सम्झेर अझै पनि पर्छु सोचमा , तर कता कता जिवन बुझें झैं लाग्छ / कुनै सिख थियो स्वादमा शायद /
त्यहि माटोले जन्मायो , हुर्कायो पनि / गरेन हेला नमिठो भनी / एकनास माया पाएर बोट , ती दुवै रुख आरुका फुल्थे, तर………
तर अचम्म कस्तो , उदेग लाग्दो / एउटा ता मिठो आरु रुखको , आर्को चैं किन फितलो ?
सम्झेर अझै पनि पर्छु सोचमा , तर कता कता जिवन बुझें झैं लाग्छ / कुनै सिख थियो स्वादमा शायद ………

Sunday, June 15, 2014

" हराएको मान्छे "

लिई जन्म मर्त्यलोकमा
शोकमा कलियुगको
चिम्ली आँखा अन्धो पनमा
भ्रममा अन्धकारको
कालो अँध्यारो दिशा भ्रमित
सुम्सुम्याउँदै कठोर कठै
डगमग डगमग पाइलाहरु
न पथको न गन्तब्यको
लौरो खोज्छ बाटो
आँखा न लौरोको
रुमलिंदै बरा
अड्कली हिंडेको मान्छे
जहाँ थाल्छ त्यहीं तुङिगन्छ
हराएको मान्छे

दर्पण दर्शन अनभिज्ञ
अन्जान आफै चकित
नियाली केलाई सर्वाङ्ग
आफैमा बिलाएको मान्छे
बतासमा कपास सरी
हराएको मान्छे

चिलाइ कन्ह्याई कोट्याउँछ
सलबल बग्छ भेल
चाह्र्याई पोल्छ जल्छ
बगेर सेलाउँछ
धरधरी झरि सरि
स्वर क्रन्दन रुन्चे
हिलोमा लतपत भई
हराएको मान्छे