Tuesday, August 17, 2010

मेरो इन्द्रधनुष

मेरो इन्द्रधनुष दुई रंगको
कालो सेतो अचम्मको
भावनाको सागरबाट
स्वप्नको आकाश सम्म
अहा! कति प्यारो छ
जीवनको दुई पाटो
हर्ष र बिस्माद संगै
जे हेर्दछु त्येही देख्दछु
त्येसैले म हाँस्दछु
आँखा चिम्ले अँध्यारै हो
खोलेर उज्यालो चुम्दछु
मेरो इन्द्रधनुष दुई रंगको
कालो सेतो अचम्मको

Tuesday, July 27, 2010

अभी और जीना है

तेरी याद में मैखाने में.. पेहेरों बैठा करते हैं , तो क्या हुआ गर पिना छोड़ दिया , गमे जिंदगी अभी और जीना है ....अभी और जीना है

Wednesday, April 28, 2010

मन चंचल

अविरल कहिंसे जलधारा
बनके नदी है बेहेती
मन चंचल न सुख पावे
हरपल मो से है केहती
कभी बावंरिसी भंवर मे
गोता खूब लगाए
उभरके फिर किनारा
पटवार भी न पहुँचाए
मनका सागर है गेहरा
गेहराई समझ न आवे
जो समझूँ मैं मनको
मन फिर भी न समझे

Saturday, February 27, 2010

होली पूर्णिमा

लाखौं रंगमा म एउटा रंग हूँ, कहिले म रंगेर जिउँदछु कहिले रंगाई हाँस्दछु

Tuesday, February 23, 2010

रंगमंच

पर्दा उठे पर्दा गिरे
बारी बारी कोई आए
नौटंकी खूब दिखाए
मनुष्य चोला हाए रे हाए !

Saturday, February 20, 2010

तिमी

लाज मानी किन नजर ,
लुकाउन खोजेकी हौ
रातो गाला लाज मानी ,
अझै रातो भएकी छौ

नाकको फूलि झुल्कियो है ,
प्रभातको घाम सरि
हिमाल सरि चम्कियो है ,
सुन्दर तिम्रा दांत पनि

केश हो की बादल त्यो ,
बर्षातको बेला जस्तो
म त रुझें पिरतिमा ,
मायालुको खेला कस्तो

हत्केलाले मुहार छोपी ,
जून कतै छेकिदैन
तिमी जति माया गर्ने ,
अरु कोही भेटिदैन

Saturday, February 13, 2010

झ्याउरे भाका

बाँशुरी गाऊँछ मधूर भाका शिषिर बनमा
सुरिलो बन्छ संगीत मेरो पिरती मनमा
प्रिये बसन दिलमा

खेतको कान्ला चढेर जाम्ला धानको बालिमा
मनमा बस्यो परेली आँखा ओंठाको लालिमा
सानी फूलको डालिमा

जोतेर हलो खनेर माटो पिरती रोपौंला
पछ्यौरी भिज्दा आँशुले तिम्रो मायाले छोपौंला
दुःख हाँसेर कातौंला

रातको जून चम्किला तारा तिम्रै शीरमा
आऊँला फर्की जहाँ गएपनि नरुनू पिरमा
जोवन तिम्रै भरमा

आउन जाऊँ नौडाँडा पारि बादलको देशमा
बाँशुरी मेरो श्रृंगार तिम्रो गोपिको भेषमा
तिम्रो बादालु केशमा