पर्दा उठे पर्दा गिरे
बारी बारी कोई आए
नौटंकी खूब दिखाए
मनुष्य चोला हाए रे हाए !
Tuesday, February 23, 2010
Saturday, February 20, 2010
तिमी
लाज मानी किन नजर ,
लुकाउन खोजेकी हौ
रातो गाला लाज मानी ,
अझै रातो भएकी छौ
नाकको फूलि झुल्कियो है ,
प्रभातको घाम सरि
हिमाल सरि चम्कियो है ,
सुन्दर तिम्रा दांत पनि
केश हो की बादल त्यो ,
बर्षातको बेला जस्तो
म त रुझें पिरतिमा ,
मायालुको खेला कस्तो
हत्केलाले मुहार छोपी ,
जून कतै छेकिदैन
तिमी जति माया गर्ने ,
अरु कोही भेटिदैन
लुकाउन खोजेकी हौ
रातो गाला लाज मानी ,
अझै रातो भएकी छौ
नाकको फूलि झुल्कियो है ,
प्रभातको घाम सरि
हिमाल सरि चम्कियो है ,
सुन्दर तिम्रा दांत पनि
केश हो की बादल त्यो ,
बर्षातको बेला जस्तो
म त रुझें पिरतिमा ,
मायालुको खेला कस्तो
हत्केलाले मुहार छोपी ,
जून कतै छेकिदैन
तिमी जति माया गर्ने ,
अरु कोही भेटिदैन
Saturday, February 13, 2010
झ्याउरे भाका
बाँशुरी गाऊँछ मधूर भाका शिषिर बनमा
सुरिलो बन्छ संगीत मेरो पिरती मनमा
प्रिये बसन दिलमा
खेतको कान्ला चढेर जाम्ला धानको बालिमा
मनमा बस्यो परेली आँखा ओंठाको लालिमा
सानी फूलको डालिमा
जोतेर हलो खनेर माटो पिरती रोपौंला
पछ्यौरी भिज्दा आँशुले तिम्रो मायाले छोपौंला
दुःख हाँसेर कातौंला
रातको जून चम्किला तारा तिम्रै शीरमा
आऊँला फर्की जहाँ गएपनि नरुनू पिरमा
जोवन तिम्रै भरमा
आउन जाऊँ नौडाँडा पारि बादलको देशमा
बाँशुरी मेरो श्रृंगार तिम्रो गोपिको भेषमा
तिम्रो बादालु केशमा
सुरिलो बन्छ संगीत मेरो पिरती मनमा
प्रिये बसन दिलमा
खेतको कान्ला चढेर जाम्ला धानको बालिमा
मनमा बस्यो परेली आँखा ओंठाको लालिमा
सानी फूलको डालिमा
जोतेर हलो खनेर माटो पिरती रोपौंला
पछ्यौरी भिज्दा आँशुले तिम्रो मायाले छोपौंला
दुःख हाँसेर कातौंला
रातको जून चम्किला तारा तिम्रै शीरमा
आऊँला फर्की जहाँ गएपनि नरुनू पिरमा
जोवन तिम्रै भरमा
आउन जाऊँ नौडाँडा पारि बादलको देशमा
बाँशुरी मेरो श्रृंगार तिम्रो गोपिको भेषमा
तिम्रो बादालु केशमा
Sunday, January 3, 2010
पार्दैछ्न टुक्रा चिरेर छाती नेपाल आमाको
कतिमा शहीद बनेर भाथ्यो एउटै छाना यो /
जातिको भेद तोडेर भाथ्यो नेपाल हाम्रो एक
एकता यस्तो तोडेर फेरि पार्दैछ्न हेर अनेक //
पशु पो हुन कि बुद्धि नै भ्रष्ट पागलहरु हुन
शिष्नुमा पानी लगाई दल घाउमा यिनका नून ///
जोडेर हात गरौं है विन्ती यी मुर्खहरुलाई
स्वार्थकोलागि देशनै भाँडने यी जन्तुहरुलाई ////
कतिमा शहीद बनेर भाथ्यो एउटै छाना यो /
जातिको भेद तोडेर भाथ्यो नेपाल हाम्रो एक
एकता यस्तो तोडेर फेरि पार्दैछ्न हेर अनेक //
पशु पो हुन कि बुद्धि नै भ्रष्ट पागलहरु हुन
शिष्नुमा पानी लगाई दल घाउमा यिनका नून ///
जोडेर हात गरौं है विन्ती यी मुर्खहरुलाई
स्वार्थकोलागि देशनै भाँडने यी जन्तुहरुलाई ////
Monday, December 21, 2009
अज्ञानी मृगहरू
घास पात खाई , रमाई घुम्थे वनमा
उफ्री उफ्रिकन फेरि , ख़ुशी हुन्थे मनमा
के भयो चपलतालाई , जंगली तांडव गर्न थाले
भत्काईकन आफ्नै घरलाई, मृगहरू किन छाडा भए ?
सोझा भनी इनलाई चिन्थे , सायेद अब हरामी भए
शांतिका दूत इनलाई भन्थे , पर्यायेवाची अशांतिका भए
बुद्धि कहाँ विलायो ?, मृगहरू अज्ञानी भए
कस्को कर्म चिलायो !, मृगहरू अज्ञानी भए
मंद बुद्धिका मृगहरू , हत्यारा बाघ बन्दैछ्न
बंद छुरिका धारहरू , आफंतकै लाश गन्दैछ्न
ऐना ल्याएर देखाऊ , यी नामर्द बाघहरुलाई
ज्ञानको बाटो देखाऊ , यी अज्ञानी मृगहरुलाई
उफ्री उफ्रिकन फेरि , ख़ुशी हुन्थे मनमा
के भयो चपलतालाई , जंगली तांडव गर्न थाले
भत्काईकन आफ्नै घरलाई, मृगहरू किन छाडा भए ?
सोझा भनी इनलाई चिन्थे , सायेद अब हरामी भए
शांतिका दूत इनलाई भन्थे , पर्यायेवाची अशांतिका भए
बुद्धि कहाँ विलायो ?, मृगहरू अज्ञानी भए
कस्को कर्म चिलायो !, मृगहरू अज्ञानी भए
मंद बुद्धिका मृगहरू , हत्यारा बाघ बन्दैछ्न
बंद छुरिका धारहरू , आफंतकै लाश गन्दैछ्न
ऐना ल्याएर देखाऊ , यी नामर्द बाघहरुलाई
ज्ञानको बाटो देखाऊ , यी अज्ञानी मृगहरुलाई
Tuesday, December 8, 2009
रगत बोल्दछ
खोलामा विष बगेर, मुहान सुकी जान्छन्
रातको जून हटेर, चर्को घाम बन्छन्
तिर्खाले कंठ सुक्दछ, अनि रगत बोल्दछ /
रुखमै फल कुहेर, जंगल ढली जान्छन्
खेतहरू जलेर, अन्न श्राप बन्छ्न्
भोकले आन्द्रा सुक्दछ, अनि रगत बोल्दछ //
घरहरू भत्केर, मशानघात बन्छन्
छानोहरू चुहेर, भित्ता जब ढल्छन्
आँशुले शिरानी भिज्दछ, अनि रगत बोल्दछ ///
झुत्रो वश्त्र बनेर, पटक पटक टालिन्छन्
अर्ध नग्न भएर, हर शितमा कांप्दछन्
जाडोले जब पोल्दछ, अनि रगत बोल्दछ ////
रातको जून हटेर, चर्को घाम बन्छन्
तिर्खाले कंठ सुक्दछ, अनि रगत बोल्दछ /
रुखमै फल कुहेर, जंगल ढली जान्छन्
खेतहरू जलेर, अन्न श्राप बन्छ्न्
भोकले आन्द्रा सुक्दछ, अनि रगत बोल्दछ //
घरहरू भत्केर, मशानघात बन्छन्
छानोहरू चुहेर, भित्ता जब ढल्छन्
आँशुले शिरानी भिज्दछ, अनि रगत बोल्दछ ///
झुत्रो वश्त्र बनेर, पटक पटक टालिन्छन्
अर्ध नग्न भएर, हर शितमा कांप्दछन्
जाडोले जब पोल्दछ, अनि रगत बोल्दछ ////
Subscribe to:
Posts (Atom)
