Sunday, April 6, 2025

गर्ज

गर्ज गर्ज गर्ज हे 

बज्र भई वर्ष रे 

नत्रष्ट गर्ज वर्ष रे 

काल कण्ठ नील भै 

ताण्डव मुद्रा धर हे 

सहश्र गंगा धार यो 

गर् पाप पुण्य पार यो 

रक्त लाल निश्लोट

गर् भष्म ललाट यो 

Sunday, March 30, 2025

सिथिल भावहरु

 

निस्सासिएर बाँचेका स्वांसहरु संगालेर

जीवन फुलाउने प्रयासमा 

आशाका बियोहरु रोप्दै अश्रुले सिंचेर 

छताछुल्ल भएका भावहरु बटुल्दै


चंचल चपल न छल न कपट


प्रफुल्लित हर्षित पुल्कित मन


भताभुङ्ग भै ध्वस्तप्राए टेकोमा अडीकन


भग्नावशेष भन्दा अलिक मात्रै प्रवल

सिथिल छन् भावहरु 

Monday, March 24, 2025

“प्रेम”

 प्रेम वाशना कि उपासना  

प्रेम नाशो कि पाशो 

के हो आखिर प्रेम 

आभूषण कि दाम्लो !

    प्रेम सुवाष कि अट्टहास  

    प्रेम इश्वर कि नश्वर 

    के हो आखिर प्रेम 

    पथ कि गन्तब्य !

प्रेम कथा कि व्यथा 

प्रेम स्वर्ग कि नर्क 

के हो आखिर प्रेम 

बादल कि वर्षा !

     प्रेम शुन्य केवल हो शायद !!!


प्रेम फूल कि काँडा 

प्रेम आगो कि अस्तु 

के हो आखिर प्रेम 

आनन्द कि अन्यौलता 

   प्रेम पत्थर कि मुर्ति

   प्रेम हावा कि बतास 

   के हो आखिर प्रेम

   शिशिर कि बषन्त

प्रेम साहस कि त्राश 

प्रेम विकाश कि विनाश 

के हो आखिर प्रेम

वरदान कि अभिशाप 

   प्रेम शुन्य केवल हो शायद !!!

Sunday, April 12, 2020

गल्तिहरु

मैले गरेका गल्तिहरु सारा माफ गरिदेउ 
गर्नुपर्ने तर मैले नगरेका ती बातहरु साफ भनिदेउ 
बित्रिश्नाका ती यादहरु मेताउन सकूँ 
तिम्रा मनका भावहरु भेटाउन   सकूँ 
असल म एउटा प्रेमी बनी 
मुटुमा बलेका ती आगोहरु सेलाउन सकूँ 

Thursday, December 26, 2019

.....................

डढेर खरानी बनूँला
म आगोमा स्वार्थको
राम राम म कल्पनामा
म रावण यथार्थको

मानव म हाड छालाको
दैव संज्ञा नदेउ
तुच्छ मेरो ज्ञान छ
अनन्त संख्या नदेउ

विराट रुपमा देखूँला
देखूँला भयंकर कतै
कि दानव कि मानव
देखूँला नज़र जसै 

Monday, October 8, 2018

.......

 ढुंगा ढुंगा जुधेर फुट्छन् ढुंगाहरु 
पत्थरका ति  मनहरुमा कुँदेर मुर्ति प्रकट
स्नेहका छिनोहरुले कोरेका भावहरु
द्वन्द प्रतिद्वन्द पारेर ध्वस्त फगत 
अहो ! प्राण परेवाहरु , शान्ति ! शान्ति ! शान्ति !

Saturday, September 29, 2018

"मासुहरुको मेला"

यो मेला कस्तो मेला
मासुहरुको !
जिउँदा मासुहरू बिक्रीमा
सजिएर बेचिंदै
झिलिमिली देखिन्छन् ति
नांगा प्याकेटहरुमा
आनन्द खोज्नेहरुको भिड
आनन्द बिक्ने बजार यो
यो मेला कस्तो मेला
मासुहरुको !
कोहि किन्नलाई आतुर
कोहि बेच्नलाई मजबुर
थरि थरिका मासुहरुको पसल
खाने गिजापनी नभएकाहरु
अनि खाने दाह्रा भएकाहरु
भोका सबै यहाँ
सुँघ्दै ओकल्दै छन् कोहि
देखिदैनन् शाकाहारी
यो मासुहरुको मेलामा
न काट्नुपर्ने
न त पकाउन नै
काँचै चपाईन्छन् निलिन्छन्
खाने रमाउँछन्
खुलाउने कमाउँछन्
रगत सुकेर पनि रशिला
मुखौता हँसिला ति
हा ! हा ! हा !
छिया परेका अचानाहरुमा
घसेर तेल चिल्ला
हड्डीहरु नचपाईनै गल्छन्
निभेकाहरु पनि बल्छन्
यो मासुहरुको मेलामा
सस्ता महंगा मासुहरू
बिक्ने रमाउंदै
झुम्दै गरेका मासुहरू
गाइजात्रे मेलामा
रमाउंदै गोरुहरु
काला बादल घसेर
घनघोर बर्सिन तयार
मिर्मिरेको लालिमा त्यसमाथि
अन्धकारमा डुब्न तयार
यो मेला कस्तो मेला
मासुहरुको !

Monday, March 28, 2016

भनिन्छ प्रेममा सबै ऋतु बसन्त हुन्छन् तर म किन ओइलाउँदैछु  

...........

फूललाई पानिको जसै
आँखालाई नानीको जसै
मलाई पनि त्यसै
तिम्रो बानि बसेको छ

न हाँस्न सक्छु न त रुन नै
छटपटी यो कस्तो
जल्दछ छाती पोल्दछ
हर पल मन डढेको छ 

Sunday, March 27, 2016

"खबर"

मलाइ खबर बनाइदेउ
पढ्लान् सबैले ,
बुझ्लान् कसैले, कसैले आफ्नै अर्थ लगाउलान्
खबर न हो, खबरको के खबर

मुछ्लान्  जुठोमा, कसैले रद्दिमा जोख्लान
स्वादिलो कसैलाई तितो कसैलाई
आफ्नै स्वादले चपाउलान्
खबर न हो, खबरको के खबर

Thursday, March 24, 2016

.....

कहिले गणतन्त्रको नाममा कहिले राजतन्त्रको नाममा हतियार उठाउन जोश देखाउने नेपाली युवाहरु, संगालेर राख ति जोश हरुलाई / तिनै जोशका साथ बरु राष्ट्र निर्माणकालागी गैंती र बेल्चा उठाए कस्तो होला /

Friday, February 19, 2016

.............

मेरो विवशताको उपहास गर्दा अट्टहास मैले सुनेको छु
भित्र भित्रै तर तिमि रुँदा क्रन्दन पनि मैले सुनेको छु 

Saturday, February 13, 2016

"नेपालमै बस्न मैले लिनु छ जन्म अर्को"

बिछ्याई गुन्द्री अगेनामा पर्खिन्छिन् आमा मलाइ
आशाले डुलाई नज़र कुर्दछिन् आमा मलाइ

यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को

कर्मले दियो प्रदेश सुख कमाउने आशमा
आमाको जस्तो स्वाद कहाँ पाउनु पराया गाँसमा

रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु

यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को

बाबाको गाथा सम्झी हौसला अपार मिल्छ
श्रमको सिंचेरै पसिना मानव जीवन जित्छ

हातका कर्मठ फोका कर्म गरेरै बज्र बन्छ
सातै जन्म मलाइ नेपाली बन्ने मन छ

रहुँला हारेर दिन कति एकदिन त म जित्नेछु
लालिमा साँझको डुब्नुपैले आई आमा भेट्नेछु

यो जागिर छ दूर देशको देखिन्न धुरी घरको
नेपालमै बस्न मैले लिनु छ जन्म अर्को 

Monday, February 1, 2016

"रश्मी"

अधुरो थियो आकाश मेरो धर्ति अधुरो
अपूर्ण थिएँ मानिस मेरो कहानी अपुरो
ताराले थियो झिली र मिलि जुनले सुहायो
मायाको थियो कोपिला मन उनले फुलायो
धक धक गर्ने मुटुले मेरो धड्किन जानेछ
जहिले देखि मुटुले आफ्नो तिमीलाई ठानेछ
आएर जीवन सिंगार्ने मेरो रश्मी तिमी हौ
भएर रंग खुशीको रंग्ने रश्मी तिमी हौ 

Tuesday, January 26, 2016

लाखौं अगरबत्तिहरु जलायौ होला
मुर्ति हजार पुज्यौ
कुल्चेर कयौंका चोटहरु
शान्ती अपार खोज्यौ...........

Sunday, January 24, 2016

....................

के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन् 
पोल्दछन् आँखा पर्खाइमा , आशुले शितल पार्दछन् 
खुशीले किन दिदैन साथ जीवन भरिलाई
पल भर आउँछ गद गद पार्छ ,अर्को क्षण रुनलाई

जानेर पनि अन्जान बन्ने मन यो पापी छ
तिमीले दर्शन नदिए पनि तस्विर काफी छ
चिच्याई गला सुकाएपनि आवाज पुग्दैन
गुन्जायमान बिस्फोट पनि कसैले सुन्दैन
                          मनको प्रलय सुन्दैन

के लेख्छन् थाकेका हत्केलाहरू , थकान नै लेख्दछन्

Saturday, January 16, 2016

" मेरो यथार्तको संसार "

कल्पना परिकल्पना भन्दा पर मिठो सपनाको संसार तर त्यो सपना भन्दा पनि मिठो मेरो बिपनाको - यथार्तको संसार जसमा तिमि छौ / हो , सत्य यो एकमात्रै हो / 

Sunday, November 15, 2015

..........

अन्धकार घनघोर भो , जाग अब भोर भो
तन्द्राले गति लिदैछ , भाग्यले मति फेर्दैछ
प्रचूर छ हेर बेदना , सुत्दैछ हेर चेतना
बादल कालो रंगको , कालो नै छ बर्सेको
भिजेर हेर नित्रुकै , थर थरि छ काँपेको
निस्लोट जरो चर्केर , आगो नै छ दन्केको
सैयापो हो कि मृत्युको , श्वांस नै छ अड्केको
ताण्डव गर्छन् भावना , भष्म सरि भो चेतना

चैतन्य भै प्रकाश , उज्यालो बन्ने चाहना
जलाई आफ्ना स्वार्थलाई , दियो बन्ने चाहना

Sunday, August 2, 2015

.....

तेरे हात मे आज अपना नाम देखा , प्यार का पैगाम देखा
मोहब्बत भी क्या हसीन चीज है , छोटी छोटी बातों में जहान देखा 

Tuesday, July 14, 2015

" बिहानी "

चराहरु चिरिबिरी
रोमान्चित पाखा पखेरा
खोलेर मुठ्ठी पातहरु
शितका मोती थाप्दैछन्
चिरेर रातको अँध्यारो
टल्काउँछ मोती किरण
यो भव्यताको आभाष
बिहानी उपहार ल्याउँदै
मुस्कान यत्र तत्र
लम्पटहरु जगाउँदै
अहोरात्र सुतेका निन्द्राहरु
जाग्दैछन् बेर अबेर
मन्द मन्द मुस्कानमा
परिणत खुम्चिएका ललाटहरु  
खहरे सुसाउन थाल्दैछ
हेर बिहानी आउँदैछ